Thursday, July 30

आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने

१६ माघ,काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी दिएको छ।

एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता,विकास योजना,सुशासन (गभर्नेन्स) र भविष्यको दिशाबारे छलफल गरिने उक्त सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि,प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन्।