१६ माघ,काठमाडौं ।चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर तिर सडक छेउमा पल्टिएको थियो ।
लुम्बिनी प्रदेश ०२÷००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । दुर्घटनालगत्तै पुगेको प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको बताएको छ ।
मौलाकालिका अस्पताल भरतपुरमा १५ जना,पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना,नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ।
थप विवरण आउन बाँकी छ ।
