Wednesday, June 3

आज सहिद दिवस,विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी मनाइँदै

१६ माघ, काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकहरुले मृत्युदण्ड दिइएका थिए ।

जेनजी शहीद दिवस,भदौ २३

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको चुनावी सरकारको प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ । मुलुकमा व्याप्त भ्रष्टाचार र अव्यवस्था विरुद्ध  नवयुवा पुस्ताले भदौ २३ गतेदेखि स्वतस्फूर्त सुरु गरेको प्रदर्शनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको कांग्रेस र एमाले मिलेर बनेको
गठबन्धन सरकार ढलेको थियो ।

२ दिनसम्म चलेको आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो । यसर्थ ती सबै शहीदका सपना साकार पार्न सबै नेपालीले अ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नु पर्ने सबैको दायित्य र कर्तव्य हो ।