१५ माघ,काठमाडौं ।निर्वाचन पूर्व निर्वाचनको समय र निर्वाचनपश्चात आचारसंहिता उल्लङ्घनका घटना रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ।
१३ माघमा निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।
आचारसंहिता कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएपछि गृहले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरी प्राप्त जिम्मेवारी अनुरुप नियमित अनुगमन गरी प्रभावकारी रुपमा आचारसंहिता पालना गर्ने कार्य गर्न गराउनु निर्देशन जारी गरेको हो ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।
आचारसंहिता लागू भएको १० दिन नबित्दै केही राजनीतिक दलबाट उम्मेदवार बनेकाहरूलाई आचारसंहिता उल्लघंनको कसुरमा निर्वाचन आयोगले स्पष्टीकरण पनि सोधिरहेको छ।
जसमध्येमा कतिले स्पष्टीकरण दिइसकेका छन् भने कतिले दिन बाँकी भएको गृहले जनाएको छ ।
