१७ माघ,काठमाडौं ।नेपाल आयल निगमले मट्टितेल र डिजेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले मट्टितेल र डिजेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।
नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।
