Wednesday, June 3

Author: News हेर्नुस्

सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा छुट

#
१२ माघ,काठमाडौं ।सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लाजिम्पाटस्थित होटल ली हिमालय तथा साके एन्ड फेङ रेस्टुरेन्ट, हर्कपुर तथा बागलुङस्थित इला कम्फर्ट,मौलाकालीस्थित इला रिसोर्ट्स, मौलाकाली केबुलकार,लुम्बिनी केबुलकार र पोखरास्थित द लेक रिट्रिटमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यसबारे थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।...

डुम्रे–बेँसीशहर सडक तीन दिन बन्द,उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट

#
१२ माघ, लमजुङ । लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीशहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ उदीपुर सडकखण्ड कालोपत्रे गर्न आज सोमबार बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे –बेँसीशहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले एक सूचना जारी गरेर सडक बन्द गरेको हो । नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट गराई आवगमन भइरहेको उनको भनाइ छ ।यस सडक हुँदै काठमाडौँ,पोखरा,चितवन लगायतको जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ । सो स्थानबाट बेँसीशहर र साथै हिमाली जिल्ला मनाङको स्थानीयसमेत यही सडक हुँदै आवतजावत गर्ने गर्दछन् । यह...

काठमाडौंमा रोटरी हाट बजार सफलतापूर्वक सम्पन्न

#
१२ माघ,काठमाडौं ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान )अन्तर्गतका १४ वटा रोटरी क्लबद्वरा काठमाडौंमा आयोजित ‘रोटरी हाट बजार’ सफलतापूर्वक सम्पन्न भएको छ। यहि माघ १० र ११ गते काठमाडौंको थापाथली स्थित रोटरी क्लब अफ काठमाडौंको कार्यालय परिसरमा दुई दिनसम्म सञ्चालन भई आइतबार सम्पन्न उक्त हाट बजारमा स्थानीय तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका हस्तकला,खाद्य परिकार,फेसन सामग्री र लत्ता कपडाहरु तथा सिर्जनात्मक सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरण  गरिएको थियो। साथै उक्त हाट बजारमा काठमाडौंको सामाखुशी स्थित कान्तीपुर डेन्टल अस्पतालसँगको प्राविधिक सहयोगमा निःशुल्क दन्त परीक्षण शिविर पनि संचालन गरिएको थियो । यसका साथै मनोरञ्जनका लागि सांगितिक कार्यक्रम र विभिन्न किसिमका इन्डोर गेमहरु पनि हाट बजारमा राखीएको रोटरी क्लब अफ काठमाडौंका यस वर्षका प्रेसिडेन्ट राजेन्द्र गौतमले जानकारी दिए ।...

सुनको भाउ अहिलेसम्मकै उच्च,तोलाको ३ लाख भन्दा बढी

#
१२ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै सर्वाधिक उच्च भाउ हो । हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो । त्यसैगरी चाँदीको भाउ पनि बढेको छ ।आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो ।  ...

मिथ्या सूचनाविरुद्ध काठमाडौं सम्मेलनको निष्कर्ष : धेरै मानिसहरुमा मिडिया साक्षरता छैन

#
१२ माघ,काठमाडौंं। मिथ्या सूचनाविरुद्ध आयोजित  काठमाडौं सम्मेलन सम्पन्न भएको छ । मानिसहरुमा मिडिया साक्षरताको कमिका कारण मिथ्या सूचना बढिरहेको सम्मेलनको निष्कर्ष छ । साथै सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन हल्लाको पछि नलागेर सत्य तथ्यलाई आधार मानेर सूचना तथा सूचना जन्य समाचार सामाग्रीहरु मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने निष्कर्ष निकालेको छ । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर(नेपाल) ले काठमाडौंमा आयोजना गरेको सो सम्मेलनमा विज्ञ तथा अध्येयताहरुले प्रविधिमा भएको सहज पहुँचले मिथ्या सूचनाको बाढी नै आएको र यसलाई रोक्नु पर्ने आवश्यकता औंल्याएका छन्। मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको भन्दै उनीहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नु सूचना साक्षरता बढाउनु पर्ने आवश्यकता पनि औल्याएका छ...

आजको मौसम : मुख्यतया सफा रहने

#
१२ माघ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरोको सम्भावना रहेको माहाशाखाको भनाई छ । उता दिउँसो पनि देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।  ...

‘शान्ति,सुरक्षा र प्रतिबद्धता’सहित सशस्त्र प्रहरी बलले मनायो रजत महोत्सव

#
१२ माघ,काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले यहि माघ ९ गते शुक्रबार आफ्नो २५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) मनाएको छ। ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मूल नारासहित तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जिउ,धन र स्वन्त्रताको रक्षा गर्नका लागि २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको स्थापना भएको थियो।...

नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर

#
१२ माघ ,काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्। सम्झौताले नेपाली श्रमिकहरूको सेवा सुविधा,सुरक्षा,सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साउदीको रियादमा साधारण श्रमिक  (General Workers)  को सुरक्षित,व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।...

बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण

#
११ माघ,काठमाडौं ।बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण सुरु भएको छ। नगरपालिकाका अनुसार पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका लेखाप्रणालीको कमजोरी, सूचनाको अभाव, पारदर्शितामा कमी तथा वित्तीय जोखिम जस्ता समस्यालाई न्यूनीकरण गर्न सो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसमार्फत नगरपालिकाले सहकारी संस्थाहरूलाई कानुनी दायराभित्र ल्याई व्यवस्थित गर्ने तथा शेयर सदस्यहरूको हित संरक्षण तथा सहकारीप्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ। सहकारी समन्वय समितिको संयोजनमा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सो कार्यक्रममा नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका अध्यक्ष,सञ्चालक समिति सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको छ।  ...

कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘स्टार्टअप’अनुदान

#
११,माघ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका ६ वटा समूहलाई स्टार्टअप विजेनसका लागि सहयोग गरिने भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग रहने गरी विद्यार्थीका ६ वटा समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी प्रदान गरिने भएको हो । । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि,पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकाय तथा आंगिक कलेजमा अध्ययनरत विद्यार्थीहरुको ३ देखि ५ जनासम्मको समूह बनाएर नवीनतम् व्यवसाय गर्नका लागि सो रकम प्रदान गरिएको जनाइएको छ । विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाले विश्वविद्यालयमा अध्ययरत र उत्पादित जनशक्ति रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिन सक्ने बनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताइन् । विद्यार्थीले आफ्नो समूहका साझा सोच र धारणासहित पेस गरेको योजनामा विश्वविद्यालयले लगानी गरेर सहयोग गरेको पनि उनले ब...