Wednesday, June 3

सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा छुट

१२ माघ,काठमाडौं ।सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार लाजिम्पाटस्थित होटल ली हिमालय तथा साके एन्ड फेङ रेस्टुरेन्ट, हर्कपुर तथा बागलुङस्थित इला कम्फर्ट,मौलाकालीस्थित इला रिसोर्ट्स, मौलाकाली केबुलकार,लुम्बिनी केबुलकार र पोखरास्थित द लेक रिट्रिटमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यसबारे थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।