Wednesday, June 3

समानुपातिकतर्फको २ करोड ८ लाख बढी मतपत्र छापियो : निर्देशक यदुनाथ पौडेल

१२ माघ काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज सोमबार समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।

केन्द्रले अब प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने पनि उनले बताए ।

केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको उनले जानकारी दिए ।