Wednesday, June 3

Author: News हेर्नुस्

फागुन २१ गते चुनाव हुने टुंगो छैन : ओली

#
१७ माघ,काठमाडौं ।नेकपा (एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ अग्रसर नरहेको आरोप लगाएका छन्। नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् । उनले फागुन २१ गते घोषित प्रतिनिधिसभा निर्वाचन उच्च हिमाली तथा पहाडी क्षेत्रमा व्यावहारिक नभएको जिकिर गरे। निर्वाचनको मिति तोकिए पनि व्यवहार शंकास्पद रहेको भन्दै उनले शहरी क्षेत्रमा जस्तो हिमाली तथा पहाडी क्षेत्रमा निर्वाचनको प्रभाव कम हुने र त्यहाँ राजनीतिक दलहरू बलिया भए पनि भोट खस्ने सम्भावना न्यून रहेको बताए। ओलीले भने, ‘अहिलेको सरकार फागुन २१ गते चुनाव गर्छु भन्दै छ,२१ गते चुनाव हुन्छ कि हुँदैन टुंगो छैन।हिमाली भेगमा मान्छे छैनन्।चुनावका लागि अहिलेको समयमा कोही भोट खसाउन जानेवाल...

नमूना मतपत्र सार्वजनिक,काठमाडौंको सबैभन्दा ठूलो

#
१७ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ पनि सकिएको आयोगले जनाएको छ ।...

मट्टितेल र डिजेलको मूल्य बढ्यो

#
१७ माघ,काठमाडौं ।नेपाल आयल निगमले मट्टितेल र डिजेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले मट्टितेल र डिजेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो । नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।  ...

कांग्रेसमा अब गुट छैन,यो ध्वंस गर्ने पार्टी पनि होइन : सभापति थापा

#
१६ माघ,काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र अब कुनै गुट उप—गुट नरहेको जिकिर गरेका छन् ।धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाटमा उनले यस प्रकारको जिकिर गरेका हुन् । उनले कांग्रेस नयाँ सोच र नयाँ शैलीको साथ आएको हुँनाले मधेसले पूर्ण विश्वास गर्ने र कांग्रेसको एकलौटी सरकार बन्ने दाबी गरे। उनले भने,‘पार्टी भित्र कुनै गुट छैन, रहँदा पनि रहँदैन।कसैले एउटा कुरा पनि नराखीकन तपाईँहरूले काम गरिदिनुहोला। यो हिजोको पार्टी होइन,हामी फरक ढङ्गले आएका छौँ,फरक सोचका साथमा आएका छौँ। त्यसैले पार्टीको उम्मेदवारको,कांग्रेसको कार्यकर्ता भएर ‘गाछी’ चिन्ह लिएर उम्मेदवार आइसके पछाडि,मलाई व्यक्तिगत रूपमा के लाग्छ भन्ने कुरा अब गौण भयो। त्यसको कुनै पनि अर्थ छैन । पछि बसौँला,छलफल गरौँला।’ उनले भोलि कुनै पार्टीका नेताहरूले असहयोग गरेको कतै सुन्नु नपर्ने अवस्था ल्याउन आग्रह गरे।  ‘हामी ध्वंस गर...

अर्थ मन्त्रालयको बजेट खर्च निकै कम

#
१६ माघ,काठमाडौं ।अर्थ मन्त्रालयको बजेट निकै कम देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा अर्थ मन्त्रालय र मातहत निकायले कुल विनियोजनको ७.१५ प्रतिशतमात्र बजेट खर्च गरेका छन्।जुन अघिल्लो  तुलनामा कम हो। गत आव विनियोजनको १९.४६ प्रतिशत बजेट अर्थले खर्च गरेको थियो। मन्त्रालय र मातहत निकायको विनियोजित बजेट यस वर्ष ३८ अर्ब ९९ करोड छ।यसमा पुस मसान्तसम्म २ अर्ब ७८ करोडमात्र खर्च भएको छ। यस वर्ष चालु खर्च लक्ष्यको ४.५१ प्रतिशत र पूँजीगत खर्च १५.३९ प्रतिशत हाराहारी भएको तथ्यांक छ। यस वर्ष ९ अर्ब ४५ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखिएकोमा १ अर्ब ४५ करोडमात्र खर्च भएको तथ्यांक छ । यस अवधिमा मन्त्रालय स्वयंले लक्ष्यको १६.६ प्रतिशतमात्र खर्च गर्न सकेको देखिन्छ। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १५.४ प्रतिशत खर्च गरेको देखिन्छ ।आर्थिक पुनरुत्थान,राहत...

आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने

#
१६ माघ,काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी दिएको छ। एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता,विकास योजना,सुशासन (गभर्नेन्स) र भविष्यको दिशाबारे छलफल गरिने उक्त सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि,प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन्।  ...

बुढीगण्डकी आयोजना अगाडि बढाऔं,निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष चन्द्रप्रसाद ढकाल

#
 १६ माघ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औं धादिङ महोत्सव उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले नेपालभरिका उद्यमी,व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यसमा स्रोतको कमी भए निजी क्षेत्रका तर्फबाट यस कम्पनी मार्फत लगानी गर्न आफूहरू तयार रहेको समेत स्पष्ट पारे उनले खनिज,कृषि तथा अन्य कुनै पनि उद्यम,व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको पनि जिकिर गरे ।निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा,तोकिएको गुणस्तर र तोकिएकै बजेट एवम् ...

मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते

#
१६ माघ,काठमाडौं ।चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर तिर सडक छेउमा पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२÷००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । दुर्घटनालगत्तै पुगेको प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको बताएको छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना,पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना,नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ। थप विवरण आउन बाँकी छ ।...

आज सहिद दिवस,विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी मनाइँदै

#
१६ माघ, काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकहरुले मृत्युदण...

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

#
१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । ५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोटलागेको थियो ।केही दिनको सामान्य उपचार गर्दा निको नभएपछि उनी टिचिङ अस्पताल पुगेको थिए। ...