Wednesday, September 16

फागुन २१ गते चुनाव हुने टुंगो छैन : ओली

१७ माघ,काठमाडौं ।नेकपा (एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ अग्रसर नरहेको आरोप लगाएका छन्।

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।

उनले फागुन २१ गते घोषित प्रतिनिधिसभा निर्वाचन उच्च हिमाली तथा पहाडी क्षेत्रमा व्यावहारिक नभएको जिकिर गरे।

निर्वाचनको मिति तोकिए पनि व्यवहार शंकास्पद रहेको भन्दै उनले शहरी क्षेत्रमा जस्तो हिमाली तथा पहाडी क्षेत्रमा निर्वाचनको प्रभाव कम हुने र त्यहाँ राजनीतिक दलहरू बलिया भए पनि भोट खस्ने सम्भावना न्यून रहेको बताए।

ओलीले भने, ‘अहिलेको सरकार फागुन २१ गते चुनाव गर्छु भन्दै छ,२१ गते चुनाव हुन्छ कि हुँदैन टुंगो छैन।हिमाली भेगमा मान्छे छैनन्।चुनावका लागि अहिलेको समयमा कोही भोट खसाउन जानेवाला छैन।

मान्छे नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ। चार हजारजनाले भोट हाल्नुपर्ने ठाउँमा चारजनाले भोट हालेर बाक्सा फिर्ता पठाएर के हुन्छ। मान्छे नभएका र भोट नखसाउने बेला चुनाव गर्दै छन्।’