Wednesday, June 3

Author: News हेर्नुस्

आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय : गृहमन्त्री

विदेश/प्रवास
२२ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता सङ्कटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । सेवा विस्तारसँगै डिजिटल सेवा,डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पुर्‍याएको उनको भनाइ छ ।  “नविनतम प्रविधिको आधारमा गुणस्तरीय सेवा प्रवाह गर्नु समयको आवश्यकता भएको छ,” उनले भने,“नयाँ–नयाँ प्रविधिमा आधारित सेवाको विकास गर्दै सार्वजनिक दायित्व र नवप्रवर्तनलाई सन्तुलनमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउनु सेवाग्राहीको हक र अधिकार हो ।” सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले विशेष ध...

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

जनमत/प्रतिक्रिया
२२ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ । आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सो को आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ ।तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका ...

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

#
२२ माघ,काठमाडौं ।सरकारले यस वर्ष तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते यो दिवस मनाउने निर्णय गरेको हो । आज बिहिबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरि यसका लागि मूल समारोह समिति पनि गठन गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने समितिमा गृह मन्त्रालयका सचिव सदस्य–सचिव छन् ।भने,नेपाल सरकारका मन्त्रीहरू, उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू,नेपाल सरकारका मुख्य सचिव,प्रधान सेनापति,नेपाल सरकारका सचिवहरू,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य छन् । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्चमा गरिनेछ ।...

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ,चुनाव सर्दैन : प्रधानमन्त्री

#
२१ माघ,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको बताएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा यसबारे जानकारी दिएकी हुन् । पूर्वनिर्धारित समयमै निर्वाचन सम्पन्न गराउन सरकार क्रियाशील रहेको भन्दै उनले चुनाव सर्ने हल्लाबारेको भ्रममा नपर्न पनि सबै मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्न पनि सबैलाई आग्रह गरेकी छन् । कहीँ कतै केही कारणले निर्वाचन रोकिएमा दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने तथा हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भए पनि निर्वाचन गराउने प्रधानमन्त्री कार्कीको स्पष्टोक्ती छ । प्रधानमन्त्री कार्कीले ...

बेनीदेखि दिल्लीसम्म बस सेवा सुरु

#
२१ माघ,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्लीसम्म बस सेवाको सुरुवात भएको छ।मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आज बुधबारदेखि देखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ,भैरहवा,अयोध्या,आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बस सेवाको शुभारम्भ गरेका छन्। “बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ”,उनले भने,“बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ।” बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ । ४५ जनाको बसको क्षमता रहेको छ।बेनी–दिल्लीको दूरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् ।यसअघि म्याग्दीबाट भारत जान पो...

एकैदिन १४ हजार ४०० ले बढ्यो सुन

#
२१ माघ,काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको भाउ फेरि हावात्तै बढेको छ ।बुधबार अघिल्लो दिनको तुलनामा  १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।हिजो मंगलबार प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी,आज चाँदी पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ ।मूल्य बढेसँगै  प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...

आज विश्व क्यान्सर दिवस : विश्वमा हरेक वर्ष १० लाखको मृत्यु

#
२१ माघ,काठमाडौं ।आज विश्व क्यान्सर दिवस हो ।क्यान्सर रोगप्रति चेतना अभिवृद्धि गर्ने,यसको रोकथाम,समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर ‘विश्व क्यान्सर दिवस’ विविध चेतनामूलक कार्यक्रमहरु गरि मनाउने गरिन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान,तमाखु सेवन,अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् । अन्य कारणमा एचआइभीरएड्स, हेपाटाइटिस बी,एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन्।विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने,रंग्याउने रसायन,एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्य...

रवि लामिछानेको अन्य दलहरुलाई चुनौती : देश अन्तिम सुनामीको तयारीमा छ,जो जो मिल्नु छ मिल

#
२१ माघ,काठमाडौं ।रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेखेका छन् । देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै उनले अन्य राजनीतिक शक्तिहरुलाई मनपरी नगर्न र देशलाई थप भडखालोमा नपार्न भन्दै दलहरुलाई व्याँग्यात्मक तवरले चुनौति दिएका हुन् । फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने रविको भनाइ छ । सामान्य ठानेको चोटले सताएर केही दिन आराम गर्नुपरेको र आजबाटै सार्वजनिक जीवनमा फर्किन लागेको उनले बताएका छन् । रविले लेखेका छन्, ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ ।मेरो खुला आग्रह छ( अझै पनि जो–जो मिल्नु छ, मिल।खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो,गर।अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दवा...

चुनीखेल नयाँबस्तीको आगलागीबाट २४ परिवार विस्थापित

#
२१ माघ, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ । मंगलबार राति करिब पौने ११ बजेतिरबाट सुरु भएको आगो सवा १ बजेतिरसम्म दन्किरहेको थियो ।काठमाठौं महानगर,बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा निभाइएको वडा अध्यक्ष टिकानारायण श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठले भने, ‘आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो,सबै विस्थापित हुनुभएको छ’ ।   विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न,लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ। विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।आगलागीको क्षतिको विवरण निकाल्न बाँकी छ ।...

सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

#
२१ माघ, काठमाडौं ।सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । प्रस्तावित विधेयक सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित,मर्यादित र सुरक्षित बनाउने उद्धेश्यले ल्याइएको तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पष्ट पारेका थिए। तत्कालीन सञ्चारमन्त्री गुरुङले विधेयकमै भनेका थिए,‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव,सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित,सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा कानून निर्माण गर्न आवश्यक भएकोले सामाजिक सञ्जालको सञ्चालन, प...