Wednesday, June 3

एकैदिन १४ हजार ४०० ले बढ्यो सुन

२१ माघ,काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको भाउ फेरि हावात्तै बढेको छ ।बुधबार अघिल्लो दिनको तुलनामा  १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।हिजो मंगलबार प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी,आज चाँदी पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ ।मूल्य बढेसँगै  प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।