Thursday, July 30

आज विश्व क्यान्सर दिवस : विश्वमा हरेक वर्ष १० लाखको मृत्यु

२१ माघ,काठमाडौं ।आज विश्व क्यान्सर दिवस हो ।क्यान्सर रोगप्रति चेतना अभिवृद्धि गर्ने,यसको रोकथाम,समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर ‘विश्व क्यान्सर दिवस’ विविध चेतनामूलक कार्यक्रमहरु गरि मनाउने गरिन्छ ।

सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान,तमाखु सेवन,अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् ।

अन्य कारणमा एचआइभीरएड्स, हेपाटाइटिस बी,एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन्।विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने,रंग्याउने रसायन,एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरको प्रमुख कारक तत्व मानिन्छ।

महिलामा हाल सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो भने त्यसपछि पाठेघरको क्यान्सर रहेको छ । पहिले पाठेघरको क्यान्सर बढी देखिन्थ्यो, तर पछिल्लो समय सेनेटरी प्याडको प्रयोग, व्यक्तिगत स्वच्छतामा ध्यान र स्वास्थ्य सचेतना बढ्दै गएको कारण यसको दर केही घटेको छ ।

पुरुषमा मुख्य रूपमा फोक्सो,मुख तथा घाँटीको क्यान्सर देखिन्छ ।महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिने र क्यान्सरजन्य मृत्युको प्रमुख कारण बनेको छ ।

क्यान्सरको सुरुवाती अवस्था चाँडै पत्ता लगाउने सबैभन्दा प्रभावकारी उपाय बेलाबखतमा स्वास्थ्य परीक्षण गर्नु हो ।

पूर्ण शरीरको जाँच,रक्त परीक्षण, छाला परीक्षण वा आवश्यक अन्य परीक्षणले क्यान्सरको शुरुवाती अवस्था पत्ता लगाउन मद्दत गर्छ । समयमै पत्ता लागेमा क्यान्सर पुरा उपचारयोग्य हुन्छ ।