Wednesday, June 3

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ,चुनाव सर्दैन : प्रधानमन्त्री

२१ माघ,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको बताएकी छन् ।

राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा यसबारे जानकारी दिएकी हुन् ।

पूर्वनिर्धारित समयमै निर्वाचन सम्पन्न गराउन सरकार क्रियाशील रहेको भन्दै उनले चुनाव सर्ने हल्लाबारेको भ्रममा नपर्न पनि सबै मतदाताहरुलाई आग्रह गरेकी छन् ।

उनले निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्न पनि सबैलाई आग्रह गरेकी छन् ।

कहीँ कतै केही कारणले निर्वाचन रोकिएमा दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने तथा हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भए पनि निर्वाचन गराउने प्रधानमन्त्री कार्कीको स्पष्टोक्ती छ ।

प्रधानमन्त्री कार्कीले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको समेत जिकिर गरेकी छन् ।