सौन्दर्यकरणका लागि दिक्तेल बजारमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका ललितकला क्याम्पस भोटाहिटी काठमाडौँका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस–२१ गते दिक्तेल आएका दश जना विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्ताहरुमा चित्र बनाइरहेका हुन् ।
दश दिनसम्म दिक्तेलमा बस्ने ललितकला क्याम्पसका विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्रहरु बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई सौन्दर्यकरण गर्दै नमूना बजार बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको दिक्तेल बजार सौन्दर्यकरण अभियानमा लल...
