Wednesday, June 3

कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै

२३ पुस,काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । उनले मन्त्रालयमा अहिले पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेको उनको सचिवालयले जनाएको छ ।

जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा उनी भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।