Wednesday, June 3

मानव अधिकार आयाेगमा लामिछानेकाे दुई घन्टा बयान

२३ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।

बुधबार साढे १ बजे बयान दिन पुगेका लामिछाने साढे ३ बजेसम्म ३ घण्टा आयोगको अनुसन्धान टोलीलाई बयान दिएर फर्किएको बताइएको छ ।

 जेनजी आन्दोलन तथा नख्खु कारागारबाट भाग्नुको कारण लगायतका विषयमा बयान लिइएको अनुसन्धान टोलीले जानकारी दिएको छ । उनले दिएको बयान आयोगले तयार पार्ने प्रतिवेदनमार्फत सार्वजनिक हुने बताइएको छ ।