Wednesday, October 28

विदेश/प्रवास

भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ माघ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ का उत्कृष्ट ४ अर्थात् फाइनल राउन्डमा पुग्न सफल प्रतियोगी सागर संसार राईलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) खेम सेन्चुरीको समूह (टिम)बाट फाइनलमा पुग्नुभएका प्रतियोगी सागरलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा विभिन्न कार्यक्रमसहित स्वागत गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा बुवासुङ निवासी प्रतियोगी सागर दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल ईङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कूल र माउन्ड एभरेस्ट बोर्डिङ स्कूल दिक्तेलले छुट्टाछुट्टै आयोजना गरेको ‘सागर संसार राई जिताउ अभियान’सहितको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गृहजिल्ला खोटाङ आउनुभएको अभियान्ता रविन खम्बूले जानकारी दिनुभएको छ । गायक रोशन राई, गायिका ईन्द्रकला राई र गायक हसन राईसहित आफ्नो गृहजिल्ला खोटाङमा भोट माग्न आउनु...
पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा पृथ्वी मावि बाक्सिलाले ३८ स्वर्ण, ३१ रजत र २५ कास्य पदकसहित प्रथम उपाधि जितेको हो । बाक्सिला बजारस्थित पृथ्वी माविको प्राङ्गणमा आयोजित प्रतियोगितामा चार स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित शुक्रजित मावि खार्ताम्छा दोस्रो तथा तीन स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित रेणुका मावि दिप्सुङ तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले नगद रु ५० हजारको साथमा मेडल, प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोग...
टाउकोमा पानी जमेका बिरामीको उपचारमा आर्थिक सहयोग गर्न वडा कार्यालयको अपिल

टाउकोमा पानी जमेका बिरामीको उपचारमा आर्थिक सहयोग गर्न वडा कार्यालयको अपिल

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ माघ । टाउकोमा पानी जम्ने समस्याले गम्भीर बिरामी पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३३ वर्षीय रामकुमार थापाको उपचारमा आर्थिक अभाव भएको छ । एकपटक शल्यक्रिया (अप्रेशन) गराइसक्नुभएका थापाको पुनः अप्रेशन गर्नुपर्ने भएपछि खर्च अभाव भएको हो । शिक्षण अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका थापाको टाउकोमा अप्रेशनपछि दुईवटा स्टिल प्लेट राखिएको छ । अप्रेशन गर्नेक्रममा राखिएका स्टिल प्लेट निकाल्न नमिल्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । पहिलो अप्रेशन गरेको १९ महिना भएको बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोग्दै आउनुभएका थापाका लागि यसअघि पनि चन्दा सङ्कलन गरेरै अप्रेशन गरिएको स्थानीयले बताएका छन् । अप्रेशनअघि थापाको आँखा राम्ररी नदेख्ने तथा कान नसुन्ने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । अप्रेशनपछि केही सुधार देखिए पनि करिब तीन मह...
फेरी बढ्यो सुन,कतिमा हुँदैछ कारोबार ?

फेरी बढ्यो सुन,कतिमा हुँदैछ कारोबार ?

कला/साहित्य, जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, ब्यानर समाचार, भनाइ/विचार, विदेश/प्रवास, समाज/संस्कार
२८ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्को छ । आज बुधबार पनि सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेपछि आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार चाँदीको भाउ पनि बढेको छ।चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो। आज भने ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको...
एमाले –कांग्रेस गठबन्धन सरकार :  नघटेको त्यो भ्रष्टाचार

एमाले –कांग्रेस गठबन्धन सरकार : नघटेको त्यो भ्रष्टाचार

कला/साहित्य, जनमत/प्रतिक्रिया, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, ब्यानर समाचार, भनाइ/विचार, विदेश/प्रवास
२८ माघ,काठमाडौं ।अघिल्लो वर्षको तुलनामा नेपालको भ्रष्टाचार नियन्त्रण हुन नसकेको भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)–२०२५ ले देखाएको छ। नेपालभन्दा पछाडि रहेका कतिपय मुलुकहरूले गरेको सुधारका कारण नेपालको वरीयता दुई स्थानले खस्केर झन १०७ बाट १०९ पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार गत भदौको जेनजी आन्दोलनअघिको सर्वेक्षणका बेलामा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।भने,एमाले–कांग्रेसको गठबन्धन सरकार थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न १३ वटा संस्थाहरुले गर्ने सर्भे नतिजाहरुलाई एकमुष्ट विश्लेषण गरेर भ्रष्टाचार अवधारणा सूचकांक निकाल्ने गर्छ ।नेपालका लागि भने ६ वटा संस्थाहरुले गरेको सर्वेक्षणलाई आधार मानिएको थियो ।समग्रमा नेपालले गतवर्ष झै यसपाली पनि १०० मा...

प्युठानमा जेनजी स्मृति टावर निर्माण

कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२८ माघ,काठमाडौंं ।प्युठान नगरपालिका–३ विजयनगरको दैलेसिमलमा ‘जेनजी स्मृति टावर’ निर्माण गरिएको छ । युद्ध पर्यटकीय स्थलका रूपमा विकास गरिँदै आएको उक्त स्थानमा भदौ २३ र २४ गते परिवर्तनको पक्षमा लडेका युवाहरूको प्रतीकका रूपमा निर्माण गरिएको टावरमा राष्ट्रिय झन्डाको प्रतीमसहित रगतले लतपतिएको जुत्ता र ‘इन्कलाव मुठ्ठी’ राखिएको छ । वडा नं ३का वडाध्यक्ष सुमनराज श्रेष्ठले दैलेसिमललाई युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रयास गरिरहेको बताएका छन् ।   ...

राष्ट्रिय सभा बैठकमा आज चलचित्र विधेयक पेश हुने

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२८ माघ, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा आज बुधबार ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत हुने भएको छ। सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री सुशीला कार्कीले विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्ने तयारी छ। यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ।...

फागुन ३ गतेदेखि ६७४३ वडामा मतदाता शिक्षा सञ्चालन हुँदै

#, कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२८ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुदै छ । यसले मतदान प्रक्रियालाई सहज, सरल बनाउनुका साथै मत बदर हुनबाट जोगाउँछ । आयोगले आगामी फागुन १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगले जानकारी दिएको छ । स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  ...

बालाजु हाइटबाट ७ लाख मूल्य बराबरको गहना चोरी

भनाइ/विचार, विदेश/प्रवास, समाज/संस्कार
२७ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिका – १६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको छ। रुकुम मुसिकोट नगरपालिका–२ घर भई हाल त्यहाँ बस्दै आएका २५ वर्षीया बिमला बिक नेपालीको कोठाबाट सुनका गरगहना चोरी भएको हो। सोमबार दिउँसो कोठामा कोही नभएको मौका छोपी करिब ७ लाख ४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।...

निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता,प्रथम पुरस्कार ५० हजार,अन्य कति ?

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२७ माघ,काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ। निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ।प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ ।पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगको भनाइ छ।भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ। भिडियोमा निर्वाचन प्रचारप्रसार,आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ।एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ।त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल मा पठाउनु पर्ने आयोगले स्पष्ट पारेको छ।  ...