Thursday, July 30

ब्यानर समाचार

गुगललाई नक्सा डाटा निर्यात अनुमति

गुगललाई नक्सा डाटा निर्यात अनुमति

ब्यानर समाचार
वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञहरूको समीक्षा पश्चात् गुगलको १ः५,००० स्केलको विस्तृत म्यापिङ डाटा निर्यात गर्ने अनुरोध स्वीकृत गरिएको हो । तर उक्त अनुमति नेभिगेसन सेवाका लागि आवश्यक सीमित डाटामात्र स्थानान्तरण गर्न पाइने, उचाइ रेखाजस्ता संवेदनशील विवरण समावेश नगर्ने र थप सुरक्षा उपाय अपनाउने सर्तमा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार गुगलले पहिलो चरणमा डाटा दक्षिण कोरियाभित्रैका सर्भरमा प्रशोधन गर्नुपर्नेछ र त्यसपछि मात्र सरकारी स्वीकृति लिएर निर्यात गर्न...
समय सीमा लिएर आएका छौं, आजीवन राजनीति गर्दैनौं- डा. स्वर्णिम वाग्ले

समय सीमा लिएर आएका छौं, आजीवन राजनीति गर्दैनौं- डा. स्वर्णिम वाग्ले

ब्यानर समाचार, विदेश/प्रवास
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पुस्ता देशभक्त र परिपक्क रहेको बताएका छन् । विहिबार चितवनमा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै डा. वाग्ले आफुहरु देशभक्त र परिपक्क रहेको र भ्रष्ट हुनै नसक्ने बताएका हुन् । उनले आफुहरु राजनीति आजीवन पेशा बनाउन नआएको बताउदै योजना र समय सिमा लिएर आएको बताए । उनले यो चुनाव दल छान्ने मात्र नभएर संस्कार बसाल्ने थिति बसाल्ने चुनाव भएको भन्दै दलहरुले बनाएको ब्रम्हलुटको संरचना भत्काएर सुशासनको जग बसाउने प्रष्ट परे । उनले १५१ भन्दा बढी सिटमा जिताएर सरकारमा पुर्याइदिन आग्रह गरे । डा. वाग्लेले अहिले परिवर्तनको घन्टी बजाउने समय भएको भन्दै आफुहरुले सुशासनको जगमा देशलाई समृद्ध बनाउने दाबि गरे ।...
निर्वाचन सुरक्षार्थ मुगुका हिमाली भेगमा सेनाको ‘घोडा गस्ती’

निर्वाचन सुरक्षार्थ मुगुका हिमाली भेगमा सेनाको ‘घोडा गस्ती’

ब्यानर समाचार
काठमाडौं । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले उच्च हिमाली जिल्ला तथा दुर्गम क्षेत्रमा गस्ती तीव्र बनाएको छ । यसैक्रममा भौगोलिक रूपमा अत्यन्त कठिन तथा सडक सञ्जालको अभाव रहेको मुगु जिल्लाको कार्मारोङ गाउँपालिका अन्तर्गत मुगुम, डोल्फु लगायतका बस्तीहरूमा यतिबेला सेनाको उपस्थितिलाई सुदृढ पारिएको हो। निर्वाचन आउन हप्तादिन मात्र बाँकी रहेका बेला नेपाली सेनाले मुजुजस्तो दुर्गम र हिमाली विकट जिल्लामा घोडा गस्ती सुरु गरेको छ । रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ श्री हनुमानध्वज गुल्मले निर्वाचनको मिति नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हिमाली बस्तीमा घोडा चढेर नियमित तथा विशेष गस्ती सञ्चालन गर्न थालेका छन् । श्री हनुमानध्वज गुल्मका गुुल्मपति सेनानी खड्ग बहादुर श्रेष्...
सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

ब्यानर समाचार
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको संरक्षण र प्रवद्र्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल संकटका बिच मानव अधिकारको विश्वव्यापीकरणलाई कायम राख्नुपर्नेमा जोड दिएकी हुन्। सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित व्यक्तित्वलाई बधाई दिँदै उनले मानव अधिकारलाई संस्थागत गर्नु र यसलाई समाजमा संस्कृतिका रूपमा विकास गर्नु नै सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गरिन्। सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढङ्गले टुङ्ग्याउन सरकार दृढ रहेको बताइन्। यसै सिलसिलामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानब...
साम्बाको उपचारमा एकैदिनमा उठ्यो ६८ लाख रकम

साम्बाको उपचारमा एकैदिनमा उठ्यो ६८ लाख रकम

ब्यानर समाचार
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि विदेशबाट एकै दिन ६८ लाख रुपैयाँ संकलन भएको छ । उनले सामाजिक सञ्जालबाट सोमबार उपचार खर्च जुटाउन सहयोगको अपिल गरेकी थिइन् । उनले सहयोग गर्न चाहनेहरुका लागि ‘गिभ अ लिटिल’को लिंक शेयर गरेकी थिइन् । उक्त वेभसाइट मार्फत आज मध्यान्नसम्म ४७ हजार २५३ डलर रकम संकलन भएको छ । जुन आजको विनिमयदर अनुसार नेपाली ६८ लाख बरारब हुन आउन्छ । यता काठमाडौं मेडिकल कलेजले भने ‘साम्बा’ को उपचार निःशुल्क रूपमा गरिदिने प्रस्ताव गरेको छ । पछिल्ला सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी साम्बाले यसअघि कतारस्थित अस्पेटार अस्पतालमा शल्यक्रिया गराएकी थिइन् । हाल राखिएको ग्राफ्ट र एमसिएलमा पुनः समस्या देखिएपछि फेरि शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको छ । उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने ...
दुर्गा प्रसाईंको रिहाइको माग गर्दै निकालियो र्‍याली

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै निकालियो र्‍याली

ब्यानर समाचार
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै काठमाडौँमा मोटरसाइकल र्‍याली निकालिएको छ। आइतवार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै मोटरसाइकल र्‍याली निकालेका हुन्। उनीहरूले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रसाईंलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौँ भन्ने मूल नारासहित र्‍यालीका सहभागीहरूले गणतन्त्रविरोधी नारा लगाएका थिए। आइतबार दिउँसो माइतीघर मण्डलाबाट शुरु भएको उक्त र्‍यायाली भद्रकालीमा पुगेर समापन भएको थियो।...
त्रिपक्षीय भिडन्तमा तीन नम्बर

त्रिपक्षीय भिडन्तमा तीन नम्बर

ब्यानर समाचार
भरतपुर । चितवन ३ को चुनावी माहोल तीब्र रुपमा तातेको छ । उम्मेदवार र कार्यकर्ता घरदैलो गरेका छन् । कैयन् मतदाताले अघिपछि नआउने नेताहरु चुनावमा मात्र आउने गरेको गुनासो गरेका छन् । कतिपयले यसअघि घोषणा गरेका योजनाहरु सुरु नै नगरेको भनेका छन् त कतिपयले गुनासो सुनुवाई गर्ने ठाउँ पनि नपाउँदा चित्त दुःखेको बताएका छन् । केही मतदाताले स्थानीय जनप्रतिनिधिले गर्छु भनेको काम नगरेको, अल्पत्र पारेको र राजनीतिक पक्षपात गरेको गुनासो गर्दै विश्वासको संकट देखाएका छन् । यसैगरी मत माग्दै घरदैलोमा पुगेका नेता कार्यकर्ताले मतदाताको आलोचनालाई पचाउन हम्मे परेको बताएका छन् । कतिपय मतदाताले भेट्न नै अनिच्छा गरेको र भेटेकाले पनि भदौ २३ र २४ को घटनाको दोषी को हो भनी प्रश्नमाथि प्रतिप्रश्न थपेर नेतालाई अवाक बनाएको जानकारी दिएका छन् । केही मतदाताले त आपूmहरु भोट दिन नै नजानेसम्मको संकेत दिएका छन् । यद्यपि केही मतद...
१५ गतेसम्म जेनजी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्थालाई निर्देशन

१५ गतेसम्म जेनजी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्थालाई निर्देशन

ब्यानर समाचार
काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको बताए । उनका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार र रातहलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र अर्थात् पाँच दिनभित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णयनुसार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले घाइतेहरूको सूचीकरण र वर्गीकरण पुनःवर्गीकरणसम्बन्धी कार्य समयमा सक्नका लागि यही फागुन १ देखि १५ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको बताए उनले फागुन १५ ग...
प्रतिनिधिसभा विघटनविरूद्धको रिट : निर्वाचनको भोलिपल्ट साधारण तारेख

प्रतिनिधिसभा विघटनविरूद्धको रिट : निर्वाचनको भोलिपल्ट साधारण तारेख

ब्यानर समाचार
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई निर्वाचनपछि मात्र साधारण तारेख दिइएको छ । रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट अर्थात् (फागुन २२) पाएको जानकारी दिएका छन् । गत कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएपछि नेकपा एमालेका सांसद र नेपाली काँग्रेसका सांसदले फरक फरक रिट दायर गरेका थिए । सर्वोच्च अदालतले उनीहरुले दायर गरेको रिटमा लिखित जवाफ मागेको थियो । सबै रिटमा विपक्षी बनाइएकाहरुबाट लिखित जवाफ पेस भए पनि सर्वोच्च अदालतले साधरण तारेख मात्रै दिएको छ । यो बीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ कहिले हुन्छ अझै टुंगो लागेको छैन । प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि असंवैधानिक रू...
निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

ब्यानर समाचार
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबैलाई दत्तचित्त भएर काम गर्न निर्देशन दिएकी छन् । शुक्रबार विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् मुस्ताङ पुगेकी प्रधानमन्त्री शुशीला कार्कीले निर्वाचनलाई सफल बनाउन सबैले दत्तचित्त भएर काम गर्नुपर्ने बताएकी हुन् । आज विहान मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन पश्चत्, मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन समेत गरेकी छन् । मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् । प्रधानमन्त्री कार्कीले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्र्न निर्देशन दिनुभएको...