Wednesday, July 29

Author: News हेर्नुस्

पार्टी होइन, व्यक्ति रोजौ : स्वविवेकले मताधिकार प्रयोग गरौं

पार्टी होइन, व्यक्ति रोजौ : स्वविवेकले मताधिकार प्रयोग गरौं

समाचार/विश्लेषण
नीता ढुंगेल पार्टीको चुनाव चिन्ह राम्रो अर्थात् आफूलाई मनपर्ने हुँदैमा त्यसलाई लिएर आएका जनप्रतिनिधिहरु राम्रै हुन्छन् भन्ने चाहिँ पक्कै होइन । चुनावी चिन्हलाई लिएर गाउँघरका बुढाबुढीलाई भ्रममा पार्ने काम हुने गरेको देखिन्छ । जस्तो सूर्यभन्दा रुख राम्रो या घण्टी बढी उपयोगी । यस्ता खालका भ्रमित कुराले ७० कटेका वृद्धवृद्धा या अशिक्षित वर्गलाई भ्रममा पारेर जबर्जर्स्ती चुनाव जित्ने अभिलाशाले चुनावी प्रचार गर्ने शैली अझै पनि कायमै देखिन्छ । आफ्नो चुनावी क्षेत्रबाट उठेका व्यक्तिको सामाजिक योगदान, इतिहास, भावी रणनीति र एजेण्डाका बारेमा जानकारी लिएर सोही अनुसार आफ्नो स्वविवेकले मताधिकार प्रयोग गरौं । चुनावी चिन्ह रुख, सूर्य, घण्टी, कुटो कोदालो, ढुंगा माटो या मुसो भ्यागुतो जेसुकै होस् त्यो केवल एउटा चिन्ह मात्र हो त्यसले कसैको व्यक्तित्व झल्काउने अर्थात् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने होइन...
निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

ब्यानर समाचार
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबैलाई दत्तचित्त भएर काम गर्न निर्देशन दिएकी छन् । शुक्रबार विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् मुस्ताङ पुगेकी प्रधानमन्त्री शुशीला कार्कीले निर्वाचनलाई सफल बनाउन सबैले दत्तचित्त भएर काम गर्नुपर्ने बताएकी हुन् । आज विहान मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन पश्चत्, मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन समेत गरेकी छन् । मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् । प्रधानमन्त्री कार्कीले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्र्न निर्देशन दिनुभएको...
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

ब्यानर समाचार
काठमाडौँ । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ । युवामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडियो बनाउने निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचन आयोगले टिकटक भिडियो बनाउने अभियान चलाउने भएको छ । राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चा...
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

समाचार/विश्लेषण
मोरङ । विहीबार विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा आगाडि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न उक्त बैठकले निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई सशक्त बनाउनाका साथै सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी...
गाली गरेर चुनाव जित्न नखोजौं : स्वविवेकले मताधिकार प्रयोग गरौं

गाली गरेर चुनाव जित्न नखोजौं : स्वविवेकले मताधिकार प्रयोग गरौं

भनाइ/विचार
शिशिर सापकोटा अरुबेला नेतालाई सत्तोसराप गाली गर्ने, चुनाव आएपछि आफैलाई नेता हुन मनलागेर उम्मेदवारी दिने चलन बढ्दो छ । अहिलेको चुनावमा देखिएका अनुहारमध्ये त्यस्ता उम्मेदवार धेरै नै छन् । मतदाताको घरदैलोमा हिंड्दा जनताका प्रश्न, गुनासा र क्रिया प्रतिक्रिया सुन्दा र हेर्दा नै थाहा भएहोला नेता हुन सजिलो छैन र रहेनछ । अहिलेको पुस्तालाई त अझै सजिलो छ राजनीतिक प्रतिबन्ध छैन, जेलनेल भोग्नु परेन । चोकचौतारामा बसेर यो भएन त्यो भएन भन्ने, अनेकथरि गुनासा र टिकाटिप्पणी गर्दै प्रमाणविना पनि भ्रष्टाचार ग¥यो भन्दै कुर्लनेको कमी छैन । अधिकारको दाबी गर्ने चेतना भएको नागरिकबाट कर्तव्यप्रति चेतनाशून्य भएको भान पारेको पनि देखिन्छ । गफ गर्नुपर्दा आफू निकै जान्ने बुझ्ने र हुनेखाने भन्न भ्याउने तर योगदान गर्नुपर्ने बेलामा आपूmजस्तो सानो मान्छेले केही गर्न नसक्ने प्रतिकृया जनाउने एक जमात मानिस नभएको समाज यो ...
सलीम खानको मस्तिष्कको शल्यक्रिया, स्वास्थ्यमा सुधार

सलीम खानको मस्तिष्कको शल्यक्रिया, स्वास्थ्यमा सुधार

कला/साहित्य
मुम्बई । ब्रेन ह्यामरेज भएर अस्पताल भर्ना भएका सलमान खानका पिता बलिउडका दिग्गज पटकथा लेखक सलीम खानको मस्तिष्कको शल्यक्रिया गरिएको छ । शस्यक्रिया पश्चात् उनको स्वास्थ्यमा केही सुधार देखिए पनि उनलाई अझै केही दिन अस्पतालमै राखिने भएको छ। मस्तिष्क घात (ब्रेन ह्यामरेज) पछि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका ९० वर्षीय खानको हालै एक सानो सर्जिकल प्रक्रिया पूरा गरिएको हो। उनको उपचारमा संलग्न डाक्टर जलील पार्करका अनुसार खानको ‘डिजिटल सब्स्ट्र्याक्सन एन्जियोग्राफी’ ९डीएसए० गरिएको छ। यो कुनै ठुलो ब्रेन सर्जरी नभई नसाहरूमा भएको अवरोध स्पष्ट रूपमा हेर्न गरिने उच्च गुणस्तरको एक्सरे प्रक्रिया हो जसलाई सेरेब्रल एन्जियोग्राफी पनि भनिन्छ। हाल उनको अवस्था स्थिर रहेको र बिस्तारै स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् । सबै कुरा सामान्य रहेमा उनलाई आज वा भोलिसम्ममा भेन्टिलेटर सपोर्टबाट हटाउन ...
नेकपा एमालेको घोषणापत्र सार्वजनिक

नेकपा एमालेको घोषणापत्र सार्वजनिक

ब्यानर समाचार
काठमाडौं । विहीबार काठमाडौंबाट नेकपा एमालेले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका माझ पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। ‘समृद्ध नेपाल, सुखी नेपाली– राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहबीच घोषणापत्र सार्वजनिक गरेका छन् । एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन् । सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन्।...
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

विदेश/प्रवास
बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गरेका छन् । योजनामा उनले चारवटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गर्नु भएको छ । पहिलो प्राथमिकतामा कानुन र व्यवस्थाको स्थिति सुधार गर्ने लक्ष्य रहेको छ भने दोस्रो, आवश्यक वस्तुहरूको मूल्य नियन्त्रण गर्ने योजना छ । तेस्रोमा निर्बाध बिजुली र ग्यास आपूर्ति सुनिश्चित गर्नुका साथै जीवन–यापनको लागत घटाउन जोड दिनु भएको छ । चौथोमा सार्वजनिक यातायात, विशेष गरी रेलवे प्रणालीमा सुधार गर्ने उनले बताएका छन् । यसबाहेक, उहाँले भ्रष्टाचार विरुद्ध लड्नका लागि कडा प्रयासहरूको निर्देश गरेका छन् । मङ्गलबार देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका रहमानले प्रत्येक मन्त्रालयलाई १८० दिन भित्र आफ्नै योजना बनाउन र कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । यस अघि बङ्गलादेशमा नयाँ सरकारले पदभार ग्रहण गरे...
लोकतन्त्रको नारामात्र सिमित भयो, व्यवहार र संस्कार संस्थागत गर्न चाहेनौँ : प्रधानमन्त्री सुशिला कार्की

लोकतन्त्रको नारामात्र सिमित भयो, व्यवहार र संस्कार संस्थागत गर्न चाहेनौँ : प्रधानमन्त्री सुशिला कार्की

ब्यानर समाचार
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र दिवस मनाइरहँदा पटकपटकका परिवर्तनका उपलब्धि खोसिनु र जेनजी युवाको आन्दोलनसम्म आइपुग्दाको अवस्थाबारे आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले हामीले लोकतन्त्रको नारामात्र भट्याएको तर लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गर्नै नचाहेको टिप्पणी गरिन् । ‘सिद्धान्तमा लोकतन्त्र आयो तर व्यवहारमा विभेदलाई नै प्रश्रय दिइरह्यौँ । संविधानमा समानता लेख्यौँ तर संरचनामा असमानतालाई नै जोगाइरह्यौँ । एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोत(साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्त्य हुनै सकेन । यस्ता अपसंस्कृतिले राज्यप्रति विश्वास हराउँछ र विद्रोह जन्माउँछ’, कार्कीले भनिन्, ‘यहाँ त्यही भयो बजेट वितरणमा भएको ...
राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ– पूर्वराजा

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ– पूर्वराजा

ब्यानर समाचार
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुनेछ बताएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज एक भिडियो सन्देश जारी गर्दै शाहले यसो भनेका हुन् । ‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भए पनि अहिलेको अवस्थामा आम जनभावना बुझी राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुनेछ,’ उनले भने, ‘मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो ।’ प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नभएको उनको भनाइ छ। भिडियो सन्देश मार्फत पूर्व राजा ज्ञानेन्द्र शाहले अहिलेको मुलुकमा अधिकार खोज्ने तर कर्तव्य नसोच्चे अवस्था आउनु दुखद् भएको पनि बताएका छन् । ‘वर्तमान अवस्थामा अधिकार मात्रै खोज्ने त...