Wednesday, July 29

Author: News हेर्नुस्

साउदीको तेल प्रशोधन केन्द्रमा इरानको अर्को ड्रोन आक्रमण

साउदीको तेल प्रशोधन केन्द्रमा इरानको अर्को ड्रोन आक्रमण

विदेश/प्रवास
काठमाडौँ । साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोको रास तनुरा तेल प्रशोधन केन्द्रमा अर्को ड्रोन आक्रमण भएको छ। रिपोर्ट एक ड्रोन सो केन्द्र परिसरभित्र खसेको हो । रास तनुरा साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र मानिन्छ । यस अघि पनि इरानी ड्रोनमार्फत यस केन्द्रमा आक्रमण भएको थियो । पछिल्लो घटनापछि तेल पूर्वाधारको सुरक्षाबारे चिन्ता बढेको छ ।...
चर्चित टिकटकर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

चर्चित टिकटकर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

समाचार/विश्लेषण
चितवन । चर्चित टिकटकर तथा युट्युबर रतन कार्कीलाई सोधपुछका लागि चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । मौन अवधिका बेला टिकटक मार्फत् उम्मेदवारको प्रचार प्रसार गरेर भिडियो पोष्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले सोधपुद्धका लागि उनलाई नियन्त्रणमा लिएको चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालले बताएका छन् । डिएसपी खनालले भने, मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको भिडियो पोष्ट गरेको जानकारी आएपछि प्रहरीले सम्पर्क गरी टिकटकर कार्कीलाई कार्यालयमा उपस्थित गराएको हो । उनले भने, “मौन अवधिमा भिडियो पोष्ट गरेपछि सोधपुछका लागि हामीले बोलाएका हौँ ।” जापानमा बस्दै आएका टिकटकर कार्की केही दिनअघि मात्र नेपाल फर्किका थिए । उनले चुनावी माहौलको भिडियो बनाएर टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।...
तनहुँ १ मा स्वतन्त्र उम्मेदवारसहित दर्जनौँ युवा कांग्रेसमा प्रवेश

तनहुँ १ मा स्वतन्त्र उम्मेदवारसहित दर्जनौँ युवा कांग्रेसमा प्रवेश

समाचार/विश्लेषण
तनहुँ । तनहुँ १ मा स्वतन्त्र उम्मेदवारसहित दजनौं युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । चुनावी सरगर्मी बढिरहेका बेला त्यहाँका स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेपश्चात् त्यहाँका दर्जनौं युवाहरू काँग्रेसमा प्रवेश गरेका हुन् । तनहुँ १ मा सन्देश लौडारीको नेतृत्वमा करिब दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ। कुनै पनि किसिमको अवसरवादको पछि नलागी इमानदार नेतालाई सहयोग गर्नु नै आजको आवश्यकता रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको लौडारीले स्पष्ट पारेका छन् । उनले भट्टराईको जीत सुनिश्चित गर्न आफ्नो समूहको करिब एक हजार ६ सय मत पूर्ण रूपमा सहयोग हुने दाबीसमेत गरे। काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नवप्रवेशी युवाहरूलाई स्वागत गरेका छन् । सो अवसरमा ...
सिरहा- ३ का जसपा नेपालका उम्मेदवार ४ लाख नगदसहित पक्राउ

सिरहा- ३ का जसपा नेपालका उम्मेदवार ४ लाख नगदसहित पक्राउ

ब्यानर समाचार
सिरहा । सिरहा- ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव नगद पैसासहित पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र- २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडी चेकजाँचका क्रममा यादवको गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।...
मतगणनास्थलमा लगाइयो १० फिटको तारजाली

मतगणनास्थलमा लगाइयो १० फिटको तारजाली

ब्यानर समाचार
चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनाको लागि चितवनमा १० फिट अग्लो तारजाली लगाइएको छ । मगतगणना स्थल व्यवस्थित र सुरक्षित बनाउनका लागि यसरी तारजाली लगाइएको हो । चितवनको तीनवटै निर्वाचन क्षेत्रमा मतपत्र जोगाउनक‍ो लागि १० फिट अग्लो तारजाली लगाएर मतगणनालाई व्यवस्थित गर्न लागिएको चितवनका मुख्य निर्वाचन अधिकृत न्यायाधीश केदार पौडेलले बताए । चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा भुवानीशंकर कलेज खैरहनी, क्षेत्र नम्बर २ मा उद्योग संघ चितवनको प्रदर्शनी स्थल, निर्वाचन क्षेत्र नम्बर ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणना स्थल तोकिएको छ । मुुख्य निर्वाचन अधिकृत पौडेलका अनुुसार मतपत्र जोगाउन समस्या नहुने गरेर मतगणनाको व्यवस्थापन गरिएको हो । बिद्युत आपूर्ति सहज बनाउन तारजालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ भने मतगणना परिसरमा सिसीक्यामरा पनि जडान गरिएको पौ...
निर्वाचनको मुखमा धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

निर्वाचनको मुखमा धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

ब्यानर समाचार
काठमाडौं । निर्वाचन आउन दुईदिनमात्र बाँकी हुँदा निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । उनी कालोसूचीमा परेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो । रास्वपा उम्मेदवार किशोरी शाह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।...
राष्ट्रिय परिचयपत्र, राहदानी वा लालपुर्जा पनि मतदानमा मान्य हुने : आयोग

राष्ट्रिय परिचयपत्र, राहदानी वा लालपुर्जा पनि मतदानमा मान्य हुने : आयोग

ब्यानर समाचार
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । विहीबार अर्थात् यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न मतदातासँग राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम भएका र भोली अर्थात् फागुन २० गतेका दिनसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।...
सोविता गौतमको अभिव्यक्तिप्रति चितवनका आदिवासी जनजातिको आपत्ति

सोविता गौतमको अभिव्यक्तिप्रति चितवनका आदिवासी जनजातिको आपत्ति

ब्यानर समाचार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन–३ मा उम्मेदवार रहेकी सोविता गौतम आफ्नै अभिव्यक्तिका कारण विवादमा परेकी छन् । चुनावीसभा सम्बोधनका क्रममा उनले आदिवासी जनजाति समुदायप्रति विवादित अभियक्ति दिएपछि यतिबेला गौतम सर्वत्र आलोचित बनेकी छिन् । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ । सोविताले चुनावी सम्बोधनका क्रममा आदिवासी जनजाति पैसामा बिक्ने भन्दै अभिव्यक्ति दिएपछि उनको सो अभिव्यक्तिप्रति आपत्ति जनाइएको हो । उनले चितवनमा आफ्नो सम्बोधनका क्रममा वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भन्दै टिप्पणी गरेकी थिइन् । महासंघको चितवन परिषदले गौतमलाई आफ्नो अभिव्यक्तिप्रति माफि माग्न आग्रह गर्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।...
काँग्रेसप्रति युवाहरूको समर्थन बढ्दै : गगनलाई समर्थन गर्न मिराज पुगे सर्लाही

काँग्रेसप्रति युवाहरूको समर्थन बढ्दै : गगनलाई समर्थन गर्न मिराज पुगे सर्लाही

ब्यानर समाचार
काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको विशेष परिस्थिति पश्चात काँग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका गठन थापालाई समर्थन गर्न जेजनी अगुवा मिराज ढुंगाना सर्लाही पुगेका छन् । सोमबार दिउँसो जेनजी अगुवा मिराज ढुङ्गानासहितका केही युवाहरू सर्लाही ४ पुगेका हुन्। सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति गगन थापाले युवाहरूको राम्रै समर्थन पाएका छन् । गते भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा थापा आएपछि कांग्रेसप्रति युवाहरूको समर्थन बढ्दै गइरहेको छ।...
अहिलेसम्म ईरानमा १७६ बालिकासहित जम्मा ७४२ नागरिकको मृत्यु

अहिलेसम्म ईरानमा १७६ बालिकासहित जम्मा ७४२ नागरिकको मृत्यु

विदेश/प्रवास
काठमाडौँ । ईरानमा भएको अमेरिकी-इजरायली हवाई हमलामा मृत्यु हुनेहरूको संख्या कम्तीमा ७४२ पुगेको मानवअधिकार समूहले जनाएको छ । यसमा १७६ बालिका पनि समावेश छन्। मानवअधिकार समुहले पछिल्ला २४ घण्टामा मात्रै ८५ नागरिक र ११ सैनिकको मृत्यु भएको छ । यसअघि ईरानी रेड क्रिसेन्ट सोसाइटीले मृतक संख्या ५५५ जनाको रिपोर्ट गरेको थियो, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन । यसैबीच, ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आइआरजिसी) ले हॉर्मुज स्ट्रेट बन्द गरेको जनाएको छ । यो मार्ग विश्वको तेल आपूर्ति लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । आइआरजिसीका अधिकारीले सरकारी टेलिभिजनमा यस बाटोमा कुनै पनि जहाजले यात्रा गर्ने प्रयास गरेमा रोक्ने र निशाना बनाउने तयारी गरिएको बताएका छन् । साथै, आइआरजिसीले साउदीमा रहेको अमेरिकी दुताबास र बहरीनमा रहेको अमेरिकी एयर बेसमा हमला गरेको बताएको छ । संगठनका अनुसार, शेख ईसा क्षे...