
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
विहीबार अर्थात् यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न मतदातासँग राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने निर्वाचन आयोगले बताएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम भएका र भोली अर्थात् फागुन २० गतेका दिनसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।
