Wednesday, July 29

काँग्रेसप्रति युवाहरूको समर्थन बढ्दै : गगनलाई समर्थन गर्न मिराज पुगे सर्लाही

काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको विशेष परिस्थिति पश्चात काँग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका गठन थापालाई समर्थन गर्न जेजनी अगुवा मिराज ढुंगाना सर्लाही पुगेका छन् ।

सोमबार दिउँसो जेनजी अगुवा मिराज ढुङ्गानासहितका केही युवाहरू सर्लाही ४ पुगेका हुन्।

सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति गगन थापाले युवाहरूको राम्रै समर्थन पाएका छन् ।

गते भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा थापा आएपछि कांग्रेसप्रति युवाहरूको समर्थन बढ्दै गइरहेको छ।