Wednesday, June 3

चर्चित टिकटकर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

चितवन । चर्चित टिकटकर तथा युट्युबर रतन कार्कीलाई सोधपुछका लागि चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

मौन अवधिका बेला टिकटक मार्फत् उम्मेदवारको प्रचार प्रसार गरेर भिडियो पोष्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले सोधपुद्धका लागि उनलाई नियन्त्रणमा लिएको चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालले बताएका छन् ।

डिएसपी खनालले भने, मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको भिडियो पोष्ट गरेको जानकारी आएपछि प्रहरीले सम्पर्क गरी टिकटकर कार्कीलाई कार्यालयमा उपस्थित गराएको हो । उनले भने, “मौन अवधिमा भिडियो पोष्ट गरेपछि सोधपुछका लागि हामीले बोलाएका हौँ ।”

जापानमा बस्दै आएका टिकटकर कार्की केही दिनअघि मात्र नेपाल फर्किका थिए । उनले चुनावी माहौलको भिडियो बनाएर टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।