Saturday, August 1

पद बहालपश्चात सभापति थापाको स्पष्टोक्ति : कांग्रेस बदल्यौं,अब देश बदल्छौं

#
९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको एकमात्र ध्येय देशको समुन्नति रहेको बताएका छन् । केन्द्रीय कार्यालयमा पद बहाल गरेपछि माइन्युटमा प्रतिबद्धता जनाउँदै उनले आफ्नो एकमात्र ध्यये देशको समुन्नति रहेको बताएका हुन् । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश,’ सभापति थापाले उल्लेख गरेका छन्, । ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’ सभापति थापाले थपेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले आज शुक्रबार केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाएका थिए । शुक्रबारको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा समेत गरिसकेको छ । विभिन्न ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उप–सभापति विश्वप्रकाश शर्माले बताएका छन्। उप–सभापति शर्माका...

देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए : निर्वाचन आयोग

#
९ माघ,काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज शुक्रबार पत्रकार सम्मेलन गरेर विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो। समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।१० गते समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगको भनाइ छ। प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको छ। आयोगका अनुसार आज बेलुका ४ बजेदेखि ७ बजेसम्म ती कार्यालयमा दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिदैं छ। उ...

विभिन्न संस्थाका सामाजिक सञ्जालका ९८ पोष्ट हटाउँदै निर्वाचन आयोग

#
९ माघ,काठमाडौं ।निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका विभिन्न ९८ वटा सामग्री हटाउन सम्बन्धित संस्थालाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचनाको गलत तरिकाले प्रचारप्रसार भएकाले ति सामग्रीहरु हटाउन सोही अनुसार पत्राचार गरिएको हो ।  ९८ वटा प्रसारित सामग्री गलत ठानिएकोले कारबाहीका लागि पत्राचार गरेको र तत्तत निकायबाट हामी यो गर्छौं भन्ने प्रतिवद्धता प्राप्त भएको बताइएको छ। पाठकलाई गलत सूचना नपुगोस् भनेर फ्याक्ट चेकका लागि  पनि एउटा निजी कम्पनीसँग समेत साझेदारी गरेको उनले आज शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत बताएका छन् । आचारसंहिता कार्यान्वयनका लागि आयोगमा कार्यदल नै बनाएर काम भएको उनको भनाइ छ ।  ...

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

#
९ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र ढङ्गले मर्यादित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ। नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा सो विषय गरिएको उल्लेख छ । विज्ञप्ति मार्फत निर्वाचनमा संलग्न सबै सरोकारवाला,राजनीतिक दल,उम्मेदवार,सरकारी निकाय,सुरक्षाकर्मी,सञ्चारमाध्यम तथा मतदातालाई निर्वाचन आचारसंहिता पालना गर्न आह्वान गरिएको छ । स्वच्छ,निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार हो।अभियानले निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी,सहकार्य र नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ। जारी विज्ञप्तिमा भनिएको छ ।  सुरक्षा निकायलाई निर्वाचन...

सशस्त्र प्रहरीलाई ४३ रोपनी जग्गा निःशुल्क दिने जग्गादाताको नाम शिलालेखमा

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसी खोटाङले आफ्नो गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने १७ जना जग्गादातको नाम शिलालेखमा राखेको छ । सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवसको अवसर पारेर नं. ७ गुल्म हलेसी खोटाङले करोडौँ मूल्यको ४३ रोपनी चार आना दुई पैसा एक दाम जग्गा निःशुल्क दिने जग्गादाताको नाम शिलालेखमा राखेको हो । वि.सं. २०६७ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले  र ५ लफ्याङको सीमानामा पर्ने मझुवागढीमा स्थापना गरिएको गुल्मका लागि सबैभन्दा बढी सावित्रा विष्टले सात रोपनी दुई पैसा एक दाम जग्गा निःशुल्क दिनुभएको छ । यस्तै, खड्गबहादुर कटवालले पाँच रोपनी दुई पैसा तीन दाम, भूपराज कटवालले पाँच रोपनी तीन दाम, भीमबहादुर कटवालले तीन रोपनी ११ आना दुई दाम, गोविन्दबहादुर कटवाल (क)ले तीन रोपनी पाँच आना दुई दाम, सीताराम कटवालले तीन रोपनी दुई आना तीन दाम, धनमायाँ कटवालले...

डा. हरि रोकालाई विजयी गराउन टंक राईको संयोजकत्वमा निर्वाचन परिचालन समिति

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ माघ । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकालाई विजयी गराउन पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा एक हजार १२५ सदस्यीय समिति बनेको छ । डा. रोकाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएपछि नेकपा खोटाङले पूर्वसांसदसमेत रहनुभएका अनुशासन आयोगका केन्द्रीय अध्यक्ष राईको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा खोटाङबाट निर्वाचित पूर्वमन्त्रीहरु, पूर्वसांसद तथा संविधानसभा सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, जिल्लाका दशवटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, पार्टीका विभिन्न ठाउँमा गठित सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु...

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । प्रतिनिधिसभामा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको एक हजार २८२ जना निर्वाचन प्रहरी कोटामा भर्ना गर्नका लागि आवेदन आह्वान गरिएकामा एक हजार १७३ जना युवाको मात्रै दरखास्त परेको हो । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवम् जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सरकारले निर्वाचन प्रहरी भर्नाका लागि पुस–२५ गतेदेखि माघ–१ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । तर, आवश्यकताअनुसार जिल्लाका युवाको आवेदन नपरेपछि माघ–३ गतेसम्म दरखास्त दिने म्याद थप गरिएको थियो । निर्वाचन प्रहरी भर्ना अन्तरगत आज (माघ–८ गते) दिक्तेलस्थित माटिकोरे खेलमैदानमा लिखित तथा मौखिक परीक्षा सञ्चालन ग...

प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ : आयोजक बुइपा–११ को विजयी यात्रा सुरु

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सुरु भएको सर्वाधिक राशिको ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगितामा आयोजक बुइपा–११ स्पोर्टस क्लबले विजयी यात्रा सुरु गरेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा बुधबार बेलुका भएको उद्घाटन खेलमा बुइपा–११ ले ऐसेलुखर्क गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो । आयोजक बुइपा–११ का लागि प्रविन राईले दुई गोल तथा डिकेन राई र मिलन राईले एक–एक गोल गर्नुभएको थियो । खेलमा बुइपा–११ का लागि दुई गोल गर्नुभएका प्रविन राई म्यान अफ दि म्याच घोषित हुनुभएको छ । छनोट चरणको जितसँगै आयोजक बुइपा–११ क्वाटरफाइनलमा प्रवेश गरेको आयोजकले जानकारी दिएको छ । यही माघ–११ गतेसम्म सञ्चालन हुने आमन्त्रित फुटबल प्रतियोगिता अन्तरगत भोलि माघ–८ गते बिहीबार तीन खेल हुने जनाइएको छ । पहिलो खेल खरम्बु स्पोर्टस क्लबले खोट...

प्रतिनिधिसभा सदस्य निर्वाचन : छ जना पूर्वसांसदसहित जनताको घरदैलोमा डा. हरि रोका

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ७ माघ । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुवानी अभियान सुरु गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा उम्मेदवारी दर्ता गराउनुभएका डा. रोकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट जनतासँग प्रत्यक्ष भेटघाटका लागि बुधबारबाट घरदैलो अभियान सुरु गर्नुभएको हो । राजनीतिक दलको साधारण सदस्यसमेत नरहनुभएका डा. रोका आगामी निर्वाचनका लागि नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा होमिनुभएसँगै जिल्लाका छ जना पूर्व सांसदहरुले साथ दिनुभएको छ । दिक्तेलस्थित किरातचोकबाट घरदैलो अभियान सुरु गर्नुभएका डा. रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्व सांसदहरु टंक राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश स...

स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन गराउन काँग्रेस खोटाङको आग्रह

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ७ माघ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, सम्बन्धित निकाय तथा आम नागरिकलाई आव्हान गरेको छ । काँग्रेस खोटाङले आज (बुधबार) दिक्तेल बजारस्थित वी.पी. स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो आग्रह गरेको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पार्टी उपसभापति तीर्थराज भट्टराईले मुलुक अहिले जटिल र संवेदनशील मोडमा रहेको उल्लेख गर्नुहुँदै हजारौं शहीदको बलिदान र लाखौँ नागरिकको सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका काँग्रेस उपसभापति भट्टराईले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्न जिल्लास्थित सबै सरोकारवा ...