Saturday, August 1

‘उत्सव’ ब्रान्डका ६२४ प्याकेट पाउरोटी बजारबाट फिर्ता गर्न निर्देशन

#
१५ माघ,काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर कौशलटारस्थित ‘ चाहना पाउरोटी उद्योग प्राली’ ले उत्पादन गरेको ‘उत्सव’ ब्रान्डका ६ सय २४ प्याकेट पाउरोटी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले प्राप्त उजुरीका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम उक्त उद्योगको हालै स्थलगत निरीक्षण गरेको थियो। निरीक्षण क्रममा उद्योगको सरसफाइ अवस्था सामान्य पाइए पनि उत्पादित वस्तुको लेबलमा भने गम्भीर त्रुटि भेटिएको विभागले जनाएको छ। अनुगमन क्रममा उक्त उद्योगले उत्पादन गरेको उत्सव ब्रान्डको मिल्क ब्रेडको लेबलमा उत्पादन र उपभोग्य मिति गलत तरिकाले छापिएको फेला परेको थियो। ब्रेडको प्याकेटमा उत्पादन मिति २३।०२।२६ र उपभोग्य मिति ०१।०२।२६ उल्लेख गरी बिक्री वितरण भइरहेको पाइएको हो।यस्तो गल्ती प्रिन्टका कारण उपभोक्ता झुक्किने र स्वास्थ्यमा असर पर्न सक्ने देखिएपछि विभागले तत्...

एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

#
१५ माघ,काठमाडौं।नेपाली बजारमा सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ। आज विहिबार एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ।यो भाउ हालसम्मकै सर्वाधिक हो । हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो। मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ।आज बिहिबारर चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएकोछ।...

प्रतिनिधिसभा निर्वाचन : खोटाङका २१ मतदानस्थल अतिसंवेदनशील

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रतिनिधिसभातर्फ एउटामत्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा आगामी निर्वाचनका लागि १३६ वटा मतदानस्थल निर्धारण गरिएको छ । आगामी निर्वाचनका लागि जिल्लामा निर्धारण गरिएका मतदानस्थलहरुलाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ । “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना अन्तरगत मतदानस्थलहरु निरीक्षण तथा अनुगमन गरेका थियौँ । अनुगमन प्रतिवेदनको आधारमा जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेका छौँ”, उहाँले भन्नुभयो, “मतदातालाई सुरक्षित र भयरहित वातावरण...

निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

#
१५ माघ, काठमाडौं ।निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी,पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्। उनका अनुसार केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक) लाई पुनः प्रयोगमा ल्याइएको उनले बताए ।    ...

चलचित्र विकास बोर्डद्वारा तालिम तथा कार्यशालाको आवेदन माग

#
१५ माघ,काठमाडौं ।चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष २०८२–०८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसरमा ११ विधामा सञ्चालन हुने तालिम तथा कार्यशालाका लागि आवेदन मागेको छ। बोर्डद्वारा जारी सूचनाअनुसार चलचित्रकर्मीको प्राविधिक,सिर्जनात्मक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ध्वनि,पोस्ट–प्रोडक्सन,छायांकन,पटकथा लेखन,ड्रोन,मेकअप,फोटो तथा भिडियो पत्रकारिता,एआई चलचित्र निर्माण,प्रतिलिपि अधिकार,साइबर सुरक्षा तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ । इच्छुक चलचित्रकर्मीले बोर्डको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेश गर्न सक्ने तर ।सम्बन्धित विधामा ५ वर्षदेखि कार्यरत चलचित्रकर्मीलाई प्राथमिकता दिइने बोर्डको भनाइ छ। बोर्डका अनुसार यी कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प...

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबै जिल्लामा पुग्यो नमुना मतपत्र

#
१५ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको छ।यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ। समानुपातिकतर्फको करिब दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ ।...

गायक रेवत राईको ‘खरको छानो’ : सपनासँगै सर्वश्व बगेको कथा (भिडियोसहित)

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, १५ माघ । गायक रेवत राईले अर्को मर्मस्पर्शी गीति भिडियो ‘खरको छानो’ सार्वजानिक गर्नुभएको छ । ‘तिमी तारे भीर’ (मेल भर्सन) ‘कान्छीलाई सम्झी’, ‘चार धाम’, ‘तिमीलाई मायाँ गरेँ’ ‘आपाको छोरी’, ‘१६ वर्षे ठिटो’जस्ता चर्चित गीतहरुमार्फत नेपाली गीतसँगीतप्रेमीको मन समाइसक्नुभएका राईले ‘खरको छानो’ गीति भिडियो हालै सार्वजानिक गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका गायक राईले आफ्नै युट्युब च्यानल ‘रेवत राई’मार्फत उक्त गीति भिडयो सार्वजानिक गर्नुभएको छ । सँगीतकारको रुपमा समेत सक्रिय गायक राई पछिल्लो केही वर्षदेखि युके (बेलायत)मा बसोबास गर्दै आउनुभएको छ । वि.सं. २०५२÷५३ सालतिरको पृष्टभूमिमा बुनिएको गीति कथा हो ‘खरको छानो’ । नेपाली ग्रामीण जनजीवन तथा बाध्यतासहितको यथार्थमा गीत डोहोरिएको देखिएको छ । नवराज मगरको शब्द तथा हरि लम्सालको सँगीत रहेको गीतको लागि किरण रा...

निर्वाचन आचारसंहिताका कारण फागुनको बृहत स्वास्थ्य शिविर चैतमा सारियो

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण खोटाङको दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आउँदो फागुन–८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो हप्ताका लागि सारेको हो । आगामी फागुन–२१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अचारसंहितालाई ध्यानमा राख्दै शिविरको मिति सार्नु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “बृहत स्वास्थ्य शिविरको लागि आवश्यक तयारी सुरु गरेका थियौँ । निर्वाचन आचारसंहिता लागू भएकाले ओम अस्पतालका चिकित्सक तथा सरोकारवालासँगको छलफलपछि शिविरको मिति सारिएको हो”, उहाँले भन्नुभयो, “नेपाल सरकारले तोकेको निर्वाचन सफल बनाउन हामी सबैको उत्तिकै दायित्व छ । निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको शि...

काठमाडौंमा हल्का वर्षा

#
१४ माघ, काठमाडौं ।आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ ।  पश्चिम नेपाल हुँदै सरेको वर्षा काठमाडौंसम्म आइपुगेको हो । पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगमा भने मंगलबार रातिदेखि नै हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुग्ने छ ।  जल तथा मौसम विज्ञान विभागका  अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लामा वर्षा गराउने पूर्वानुमान छ ।...

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

#
१४ माघ, काठमाडौं । यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन पेस गरेका हुन् । आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ।...