Wednesday, June 3

काठमाडौंमा हल्का वर्षा

१४ माघ, काठमाडौं ।आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ । 

पश्चिम नेपाल हुँदै सरेको वर्षा काठमाडौंसम्म आइपुगेको हो । पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगमा भने मंगलबार रातिदेखि नै हिमपात पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुग्ने छ । 

जल तथा मौसम विज्ञान विभागका  अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लामा वर्षा गराउने पूर्वानुमान छ ।