Wednesday, June 3

एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

१५ माघ,काठमाडौं।नेपाली बजारमा सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ।

आज विहिबार एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ।यो भाउ हालसम्मकै सर्वाधिक हो ।

हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ।आज बिहिबारर चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएकोछ।