Thursday, July 30

ब्यानर समाचार

राष्ट्रिय परिचयपत्र, राहदानी वा लालपुर्जा पनि मतदानमा मान्य हुने : आयोग

राष्ट्रिय परिचयपत्र, राहदानी वा लालपुर्जा पनि मतदानमा मान्य हुने : आयोग

ब्यानर समाचार
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । विहीबार अर्थात् यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न मतदातासँग राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम भएका र भोली अर्थात् फागुन २० गतेका दिनसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।...
सोविता गौतमको अभिव्यक्तिप्रति चितवनका आदिवासी जनजातिको आपत्ति

सोविता गौतमको अभिव्यक्तिप्रति चितवनका आदिवासी जनजातिको आपत्ति

ब्यानर समाचार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन–३ मा उम्मेदवार रहेकी सोविता गौतम आफ्नै अभिव्यक्तिका कारण विवादमा परेकी छन् । चुनावीसभा सम्बोधनका क्रममा उनले आदिवासी जनजाति समुदायप्रति विवादित अभियक्ति दिएपछि यतिबेला गौतम सर्वत्र आलोचित बनेकी छिन् । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ । सोविताले चुनावी सम्बोधनका क्रममा आदिवासी जनजाति पैसामा बिक्ने भन्दै अभिव्यक्ति दिएपछि उनको सो अभिव्यक्तिप्रति आपत्ति जनाइएको हो । उनले चितवनमा आफ्नो सम्बोधनका क्रममा वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भन्दै टिप्पणी गरेकी थिइन् । महासंघको चितवन परिषदले गौतमलाई आफ्नो अभिव्यक्तिप्रति माफि माग्न आग्रह गर्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।...
काँग्रेसप्रति युवाहरूको समर्थन बढ्दै : गगनलाई समर्थन गर्न मिराज पुगे सर्लाही

काँग्रेसप्रति युवाहरूको समर्थन बढ्दै : गगनलाई समर्थन गर्न मिराज पुगे सर्लाही

ब्यानर समाचार
काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको विशेष परिस्थिति पश्चात काँग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका गठन थापालाई समर्थन गर्न जेजनी अगुवा मिराज ढुंगाना सर्लाही पुगेका छन् । सोमबार दिउँसो जेनजी अगुवा मिराज ढुङ्गानासहितका केही युवाहरू सर्लाही ४ पुगेका हुन्। सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति गगन थापाले युवाहरूको राम्रै समर्थन पाएका छन् । गते भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा थापा आएपछि कांग्रेसप्रति युवाहरूको समर्थन बढ्दै गइरहेको छ।...
मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह

मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह

ब्यानर समाचार
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । संघले इजरायल, इरान, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइन लगायतका देशमा विकसित पछिल्ला घटनाक्रमले नेपालीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको जनाएको छ। मध्यपूर्व क्षेत्रमा रहेका १९ लाखभन्दा बढी नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सावधानी अपनाउन अपिल गरिएको छ । संघले सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासबाट जारी सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न, अत्यावश्यक बाहेक बाहिर ननिस्कन, अनावश्यक यात्रा नगर्न तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न अनुरोध गरेको छ। साथै राष्ट्रिय समन्वय परिषद्, नेपाली दूतावास तथा स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरिएको छ । हालको अव...
पूर्व कार्यवाहक सभापति खड्का पुनः सक्रिय : अन्तत: मागे काँग्रेसका लागि मत

पूर्व कार्यवाहक सभापति खड्का पुनः सक्रिय : अन्तत: मागे काँग्रेसका लागि मत

ब्यानर समाचार
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले अन्ततः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत मागेका छन् । विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि निष्क्रिय रहेका पूर्व कार्यवाहक सभापति खड्काले अब पार्टीका समर्थकलाई मतदान गर्न अपिल गरेका हुन् । फागुन २१ गते प्रतिनिधि सभाका २७५ सिटका लागि हुन लागेको मतदानमा नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह ‘रुख’ मा प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा आफ्नो बहुमूल्य मत दिन आग्रह गरेका छन् । खड्काले भनेका छन्, ‘यो निर्वाचनमा म उम्मेदवार किन उठ्दै छैन त्यसको कारण मैले माघ ६ गतेको दिन सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु । फागुन २१ गते बिहान ७ बजे देखि सुरु हुने मतदानमा कर्णाली प्रदेश लगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुबै मत पत्रमा हाम्रो पार्टी ...
मतदानको दिन यी सवारीसाधनलाई आवश्यक पर्दैन पास

मतदानको दिन यी सवारीसाधनलाई आवश्यक पर्दैन पास

ब्यानर समाचार
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान हुने दिन फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन निर्वाचन आयोगले विशेष व्यवस्था लागू गरेको छ । आयोगले सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि २०८२ अनुसार नेपाल सरकारलाई सिफारिस गर्दै केही अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको छ । तर ती सवारीसाधनले सम्बन्धित सेवा बाहेक अन्य यात्रु बोक्न भने नपाउने स्पष्ट गरिएको छ । पास आवश्यक नपर्ने सवारीसाधनमा दमकल, एम्बुलेन्स र शववाहन समावेश छन् । त्यस्तै खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधन पनि यस व्यवस्थामा पर्नेछन् । दूरसञ्चार, खानेपानी, विद्युत तथा ढल मर्मत कार्यमा प्रयोग हुने सवारीसाधन, अस्पताल सेवा अन्तर्गत चिकित्सक तथा स्वास्थ्यकर्मीको आवतजावतक...
चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले  सिफारिस लिए, २१ ले खोले

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले

ब्यानर समाचार
चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ले सिफारिस लिएका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन् । सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उनले जानकारी दिए । उनले भने, “कतिपय उम्मेदवारले त हामी खर्च नै गर्दैनौँ, किन खाता खोल्ने भन्नुहुन्छ ।” कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिएको उनले जानकारी दिए । उनका अनुसार आसन्न निर्वाचनका लागि बैंकिङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरू कार्यालय भने आएका छन् । उनले भने, “बैंकिङ खाता खोल्ने विषयमा जानकारी लिन आउनुभएको छ, तर खाता खोल्न अझै धेरैको बाँकी छ ।” निर्वाचन आयोगले राजनीतिक दल...
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

ब्यानर समाचार
  हुम्ला । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए । उनका अनुसार यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्र गरी २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी १०२ कर्मचारी र मतपत्रलगायतका निर्वाचन सामग्री आज र भोलि गरी दुई दिनमा हेलिकप्टरबाटै ओसार्ने बताए । निर्वाचनका लागि ती मतदान केन्द्रमा खटिने...
गलत प्रचार भन्दै शान्ताको आपत्ति

गलत प्रचार भन्दै शान्ताको आपत्ति

ब्यानर समाचार
काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश सदस्य शान्ता क्षेत्रीले नेपाली काँग्रेसका नेता तथा मोरङ ६ का उम्मेदवार डा. शेखर कोइराला सर्लाही ४ बाट गगन थापालाई हराउन लागिपरेको भन्ने समाचार कपोलकल्पित भएको बताउँदै उक्त समाचारको घोर भत्र्सना गर्नुभएको छ । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाको अडियो भन्दै गरिएको प्रचार गगन र शेखर दुवैलाई हराउने प्रपञ्च भएको र यस्ता चुनावी हथ्कण्डाबाट नतर्सिन र नझुक्किन मतदाता र पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई अनुरोध पनि गर्नुभएको छ । नेता शेखर र सचिव थपलिया त्यस्तो नियत वा प्रबृत्तिको व्यक्तित्व नभएको पनि उहाँको जिकिर छ । यो गगन र शेखरसँग डराएका प्रतिद्वन्द्वीको गलत मनसाय हो, हामी डराउनु र आत्तिनु पर्ने अवस्था छैन । चुनावभरि पार्टीमा कोही कसैको कुनै किसिमको इगो नरहेको र यतिबेला काँग्रेसले जिते देशले जित्ने अवस्था रहेकोले ढुक्क भएर मतदान गर्न उहाँल ेविश्...
नेकपा र रास्वपाको रोइलोमा रमाउँदै अन्य

नेकपा र रास्वपाको रोइलोमा रमाउँदै अन्य

ब्यानर समाचार
चितवन । चितवन ३ को कुरा गर्दा यहाँ स्वस्थ प्रतिष्पर्धा भएको देखिन्न । यस क्षेत्रको चर्चा उम्मेदवारी मनोनयन हुनुअघि नै सुरु भएको हो । जब २०७९ मा काठमाडौं २ बाट चुनाव जितेकी रास्वपाकी प्रखरवक्ता सोविता गौतम चितवन ३ बाट चुनाव लड्ने कुरा आयो तब नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा तत्कालीन मेयर रेनु दाहालको पक्षमा खुलेर लागेका चर्चित युटयूबर सन्तोष देउजाले आपत्ति जनाएका थिए । सोवितालाई गलत ठाउँमा पठाउने निर्णय गर्दै रबि लामिछानेले गुनको बदलामा गरेको बैगुनलाई साइजमा ल्याउने प्रतिरोधी स्टाटस् फेसबुकमा पोष्ट गरेका थिए । रास्वपाले त्यसको भत्र्सना ग¥यो । रेनुको पक्षमात्र होइन सोही पार्टीमै रहेका मंगल प्रजाले त मञ्चमै उभिएर रेनु हारे विध्वंश हुनेसम्मको चेतावनी दिए । यसलाई माओवादी युद्धको धङ्धङी बाँकी रहेको प्रतिकृयासहित धेरैले प्रतिवाद गरे । मनोनयनको दिनपछि एकपछि अर्को अस्वस्थ जुहारी चल...