
काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश सदस्य शान्ता क्षेत्रीले नेपाली काँग्रेसका नेता तथा मोरङ ६ का उम्मेदवार डा. शेखर कोइराला सर्लाही ४ बाट गगन थापालाई हराउन लागिपरेको भन्ने समाचार कपोलकल्पित भएको बताउँदै उक्त समाचारको घोर भत्र्सना गर्नुभएको छ । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाको अडियो भन्दै गरिएको प्रचार गगन र शेखर दुवैलाई हराउने प्रपञ्च भएको र यस्ता चुनावी हथ्कण्डाबाट नतर्सिन र नझुक्किन मतदाता र पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई अनुरोध पनि गर्नुभएको छ ।
नेता शेखर र सचिव थपलिया त्यस्तो नियत वा प्रबृत्तिको व्यक्तित्व नभएको पनि उहाँको जिकिर छ । यो गगन र शेखरसँग डराएका प्रतिद्वन्द्वीको गलत मनसाय हो, हामी डराउनु र आत्तिनु पर्ने अवस्था छैन । चुनावभरि पार्टीमा कोही कसैको कुनै किसिमको इगो नरहेको र यतिबेला काँग्रेसले जिते देशले जित्ने अवस्था रहेकोले ढुक्क भएर मतदान गर्न उहाँल ेविश्वस्त तुल्याउनु भएको छ ।
