Wednesday, June 3

Author: News हेर्नुस्

सुनचाँदीको भाउ इतिहासकै उच्च

#
१४ माघ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । मंगलबार छापावाल सुन सोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ७३ हजार ३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ ।    ...

रोटरी क्लब अफ काठमाडौं नर्थले ग¥यो ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

#
सीता पौडेल काठमाडौं। महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी जनचेतना फैल्याउनुका साथै क्यान्सर पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले रोटरी क्लब अफ काठमाडौं नर्थले  निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सम्पन्न गरेको छ । ‘लक्षण देखिनु अघि नै जाँच गरौं : स्वस्थ जीवन बाँचौं ’ भन्ने नाराका साथ क्लबले ‘नेपाल अबुर्द रोग निवारण संस्था’ (एनसीआरएस) काभ्रे शाखासँगको समन्वयमा ‘अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसन’ (एनएसीसीएफ) को प्राविधिक सहयोगमा १ दिने निःशुल्क भीआइए परिक्षण र स्तन क्यान्सर परिक्षण शिविर हालै आयोजना गरी सम्पन्न गरेको क्लबका प्रेसिडेन्ट प्रदिप थापाले जानकारी दिए । आगामी रोटरी वर्षका लागि निर्वाचित प्रेसिडेन्ट सीता पौडेलको संयोजकत्वमा सम्पन्न भएको उक्त शिविर काठमाडौंको नागार्जुन नगरपालिका वडा नं १ का महिलाहरुलाई लक्षित गरेर आयोजना गरिएको पनि प...

आज ३ सय रुपैयाँले बढ्यो सुन

#
१३ माघ,काठमाडौं ।मंगलबार पनि सुनको भाउ बढेको छ ।भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।अघिल्लो दिन सोमबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो । त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।    ...

काठमाडौंको जमलमा दुर्घटना,तीन वटा सवारी आपसमा ठोक्किए

#
१३ माघ,काठमाडौं ।काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । आज मंगलबार दिउँसो मोटरसाइकल,स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार,दुर्घटनामा परेर एक जना घाइते भएका छन्।घाइतेको अवस्था सामान्य  छ ।    ...

जुम्लामा ७१ हजार ६३९ मतदाता,नयाँ ३१०१ जना

#
१३ माघ, काठमाडौं । जुम्लामा तीन हजारभन्दा बढी मतदाता थपिएका छन् । नयाँ मतदाता थपिएसँगै जुम्लाको जम्मा मतदाता संख्या ७१ हजार ६३९ जना पुगेको छ । आगामी निर्वाचनलाई मध्यनजर गरेर जुम्लमा मतदाताको संख्या र मतदान केन्द्रको विवरण सार्वजनिक गरिएको छ।जिल्ला निर्वाचन कार्यालय जुम्लाले वि.स. २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको संख्या ७१ हजार ६३९ पुगेको बताएको छ । जम्मा मतदातामध्ये पुरुषको संख्या ३७ हजार ४५९ र महिलाको संख्या ३४ हजार २८० रहेको छ । वि.स. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता रहेका थिए । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ३ हजार १०१ नयाँ मतदाता थपिएका हुन् । थपिनेमा पुरुष १ हजार ७५९ र महिला १ हजार ३४२ जना रहेका छन् । जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार जुम्लामा ८५ वटा मतदानस्थल र ११० वटा मतदान केन्द्र रहेका छन्  जिल्लाका आठ स्थानीय ...

मोसम पूर्वानुमान : सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिउ र वर्षाको सम्भावना

#
१३ माघ,काठमाडौँ ।पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौँ उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ । तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ । मौसमविद् पौडेलले भने, “पर्सी बुधबार काठमाडौँमा पनि हल्का वर्षा हुन्छ की भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठुलो झरी भने छैन ।” यसले हिमाली र उच्च पहाडी क्षेत्रमा बै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका गराउन सक्ने महाशाखाले जनाएको छ । यो प्रणाली आज राति पश्चिम नेपालबाट प्रवेश गर्ने र मङ्गलबार दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ ...

निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस्: महानिरीक्षक अर्याल

#
१३ माघ,काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए । महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देश पनि गरे । कमजोर कमान्ड र गल्ती गर्ने कमान्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उहाँले उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरेका छन् । कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधि...

बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा पौडेल

#
१२ माघ,काठमाडौं ।सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ। पौडेल यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिए। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। उनका अनुसार पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय गरेको हो।...

खानेतेल लिटरमै ५० रुपैयाँसम्म महँगियो

#
१२ माघ,काठमाडौं ।नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले बढेको छ । बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ९० देखि ३ सय रुपैयाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर ३ सय ८० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । व्यवसायीहरूका अनुसार पछिल्लो एक सातामा मात्रै तेलमा लिटरको ४० देखि ५० रुपैयाँसम्मको वृद्धि देखिएको छ । एक्कासि तेलको भाउ अत्यधिक बढ्दा घरायसी बजटेमै समस्या परेको उपभोक्ताको गुनासो सुनिन थालेको छ ।...

समानुपातिकतर्फको २ करोड ८ लाख बढी मतपत्र छापियो : निर्देशक यदुनाथ पौडेल

#
१२ माघ काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज सोमबार समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए । केन्द्रले अब प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने पनि उनले बताए । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको उनले जानकारी दिए ।...