Wednesday, June 3

जुम्लामा ७१ हजार ६३९ मतदाता,नयाँ ३१०१ जना

१३ माघ, काठमाडौं । जुम्लामा तीन हजारभन्दा बढी मतदाता थपिएका छन् । नयाँ मतदाता थपिएसँगै जुम्लाको जम्मा मतदाता संख्या ७१ हजार ६३९ जना पुगेको छ ।

आगामी निर्वाचनलाई मध्यनजर गरेर जुम्लमा मतदाताको संख्या र मतदान केन्द्रको विवरण सार्वजनिक गरिएको छ।जिल्ला निर्वाचन कार्यालय जुम्लाले वि.स. २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको संख्या ७१ हजार ६३९ पुगेको बताएको छ ।

जम्मा मतदातामध्ये पुरुषको संख्या ३७ हजार ४५९ र महिलाको संख्या ३४ हजार २८० रहेको छ ।

वि.स. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता रहेका थिए ।

पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ३ हजार १०१ नयाँ मतदाता थपिएका हुन् । थपिनेमा पुरुष १ हजार ७५९ र महिला १ हजार ३४२ जना रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार जुम्लामा ८५ वटा मतदानस्थल र ११० वटा मतदान केन्द्र रहेका छन्

 जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदान केन्द्र चन्दननाथ नगरपालिकामा १८ वटा र कम गुठीचौर गाउँपालिकामा १० वटा मतदान केन्द्र तोकिएको छ ।