Wednesday, June 3

आज ३ सय रुपैयाँले बढ्यो सुन

१३ माघ,काठमाडौं ।मंगलबार पनि सुनको भाउ बढेको छ ।भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।अघिल्लो दिन सोमबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।यो हालसम्मकै सर्वाधिक भाउ हो ।

हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो ।

त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।