आमाको स्मृतिमा तीन विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
खोटाङ, १३ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका अधिवक्ता चण्डीराज राईले तीनवटा सामुदायिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा (ट्र्याक सुट) उपलब्ध गराउनुभएको छ । दिप्लुङस्थित छुप्लुङमा जन्मिएर हाल बेलायत (युके)मा कानून व्यवसाय गर्दै आउनुभएका अधिवक्ता राईले स्वर्गीय आमा आनन्दीमायाँ राईको स्मृतिमा आफ्नो गाउँमा सञ्चालित तीनवटा सामुदायिक विद्यालयमा अध्ययतरत विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनुभएको हो ।
अधिवक्ता राईले उपलब्ध गराउनुभएको न्यानो कपडा दिप्लुङस्थित भानु आधारभूत विद्यालय हलहलेका ६० जना, पृथ्वी आधारभूत विद्यालय बाबलका २१ जना र सिद्धेवरी आधारभूत विद्यालय केराकारीका १३ जना वितरण गरिएको स्थानीय जगत किराती राईले जानकारी दिनुभएको छ । “जाडो याम सुरु भएको छ । सबै विद्यार्थीका लागि आफ्ना अभिभावकले न्यानो कपडा किनेर लगाइदिनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीको समस्...
