Saturday, August 1

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण

#
२० माघ,दमौली (तनहुँ) ।ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारको मुआब्जा निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक,बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ। यस्तै,समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोेढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ । साथै बैठकबाट आयोजनाको जलाशय तथा बफर जोनको सीमाङ्कनभित्र लामो समयदेखि खेती, उपयोग, बसोबास भई आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन तथा सर्वेक्षण गर्ने विषयमा समेत छलफल भएको थियो । आयोजनाको प्याकेज–१ अन्तर्गत ...

प्रतिनिधिसभा निर्वाचन : बढ्यो चुनावी सरगर्मी, उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० माघ । नेपाली काँग्रेस खोटाङका उम्मेदवार वीरकाजी राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि एवम् पूर्वजिल्ला सचिव राईले काठमाडौँको चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको हो । उम्मेदवार राईको साथमा कोशी प्रदेशका महामन्त्री एवम् निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, जिल्ला उपसभापति एवम् हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख इवन राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ । काँग्रेस खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी कमाण्डर (नेता) तोकेर अभियान सुरु गरेको समाचार स्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उम्मेदवार देवबिक्रम राईले खोटेहाङ गाउँपालिकाको खोटाङबजारबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । एमाले खोटाङका अध्यक्षसमेत रहनुभएका राईल...

आमाको नामबाट पहिलोपटक नागरिकता

#
१९  माघ,सर्लाही ।सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ । नेपाल नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली,२०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो। लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई सोमबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले अंगीकृत नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कडरियाका अनुसार यसअघि कानुनी अस्पष्टता र प्रक्रियागत जटिलताका कारण बाबुको पहिचान नखुलेको वा बाबु विदेशी भएको अवस्थामा नागरिकता प्राप्त गर्न कठिनाइ हुँदै आएको थियो । तर पछिल्लो संशोधित कानुनी व्यवस्थाले आमाको नागरिकता,वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातका आधारमा नागरिकता प्रदान गर्ने बाटो खुलेपछि यो प्रकृया सहज भएको उनको भनाई छ।...

धुलो टकटक्याएर खरानीबाट उठ्दैछ प्रहरी : आईजीपी कार्की

#
१९ माघ,काठमाडौं ।प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित भइरहेको बताएका छन् । आज सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८३ औं समूह दीक्षान्त समारोहमा उनले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव,जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको जिकिर गरे । प्रहरीले विभिन्न घटनाक्रमपछि धुलो टक्टक्याएर खरानीबाट उठ्दै फेरि पुनस् नागरिकको सेवामा समर्पित भएको र आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको पनि उनले बताए । आईजीपी कार्कीले भने ,‘नागरिकका अनगिन्ती समस्या,असिमित अपेक्षाहरूको सामना,समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पंक्तिमा उभिएर सरकारको उपस्थिति जनाएको छ।’ दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने उनले जान...

संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन

#
१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद्को राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । आज सोमबार उनले पहिलोपटक संसद्लाई सम्बोधन गरेकी हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले प्रधानमन्त्री बन्ने अवसर दिएको पनि जिकिर गरिन् । यस्तो छ उनको सम्बोधन :- सम्माननीय अध्यक्षज्यू, २०८२ भदौ २३ र २४ गते जेनजी युवाहरुको अगुवाइमा भएको आन्दोलनका जगमा गठित अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले मैले पहिलोपटक राष्ट्रिय सभाको यस गरिमामय बैठकमा उपस्थित भई केही कुरा राख्न पाउँदा मलाई एउटा ऐतिहासिक मोडको साक्षीका रूपमा गम्भीर जिम्मेवारी बोध भएको छ। हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित हुनुभएका सम्पूर्ण सदस्यज्यूहरुलाई बधाईसहित उपलब्धिमूलक कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यस्तै आफ्नो कार्यकाल पूरा गरी व...

गुल्मीमा किशोरीलाई एचपीभी खोप लगाइँदै

#
१९ माघ, गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ ।  किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको  छ ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुन

#
१९ माघ, काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ । हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो । सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ ।...

आजको मौसम : हिमाली भू‍–भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

#
१९ माघ,काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ। आज तराई भू–भागका केही स्थानमा हुस्सुरकुहिरो रहिरहनेछ। देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाको भनाई छ। देशका हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...

घट्यो प्याजको भाउ घट्यो

#
१८ माघ, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले प्याजको भाउमा गिरावट आएको देखाएको हो । एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ३ देखि ४ रुपैयाँ घटेको छ । यसअघि प्रतिकिलो न्यूनतम ४२ देखि अधिकतम ४३ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० र औसत ३९ रुपैयाँमा किनबेच भइरहेको छ । अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको भाउ घटबढ हुँदा नेपाली बजारमा पनि भाउ घटबढ हुने गर्दछ ।...

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

#
१८ माघ,धनगढी ।कञ्चनपुरमा खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका–१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। शव सड्न लागेको अवस्थामा भएकाले पहिचान हुन सकेको छैन ।शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...