Friday, July 31

#

खोटाङमा ट्याक्टर दुर्घटना : एकको मृत्यू, दुई घाईते

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
  खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जन्तेढुगागाउँपालिका ५ चिसापानीबाट गोलिया काठ बोकेर बङ्शिलाघाटतर्फ जादै गरेको प्रदेश -२-०३-००१ त ८१८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चिसापानीका रोशन बिकको मृत्यु भएको हो । बैशाख-१६ अर्थात मङगलबार राती बराहपोखरी गाउँपालिका-६ मौवाबोटेमा ट्याक्टर पल्टिएको थियो।गम्भिर घाईते बिकलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले उल्लेख गरेको छ । अनियन्त्रीत ट्याक्टर सडकबाट करिब सय मिटर तल खस्दा चालक झन्तेढुङगा गाउँपालिका-४ डम्बर्खुशिवालयका सुमन दाहाल घाईते बनेको छ । दाहालको टाउको, दुवै खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेको छ । यस्तै, अर्का सहचालक तेह्रथुमका लालीगुरास नगरपालिका-२ का निर्मल गुरुङको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाईते दुवैलाई धरानस्थित बिपी कोईराला बि...

मृत भेटिएका केपिलासगढी गाउँपालिकाका वृद्धको हत्या भएको आशंका

#, कला/साहित्य, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० चैत्र ।  केपिलासढी गाउँपालिका–२ का ६६ वर्षीय ओमप्रकाश राई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेमा मृत अवस्थामा फेला परेको छ । कवाडीको काम गर्दै आएका वृद्ध राई आइतबार बिहान करिब ६ बजे बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा मृत अवस्थामा फेला परेका हुन् । बोडेमै बस्दै आएका मृतक राईको कान र टाउकोमा चोट देखिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो । राईको शब शंकास्पद अवस्थामा पाईएकाले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाईएको डिएसपी न्याौपानेको भनाई छ । शवको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि केएमसी अस्पताल पठाइएको छ । हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाए पनि अहिलेसम्म कोही पक्राउ भने परेका छैनन ्।।...

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर : पहिलो दिन ३४ जनाको सफल शल्यक्रिया

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन आज (शनिबार) ३४ जना आँखाका बिरामीको सफल शल्यक्रिया भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा शुरु भएको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा उपचारका लागि नाम दर्ता गराएका २५७ जना बिरामीमध्ये ३४ जनाको सफल शल्यक्रिया गरिएको हो । दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यही चैत–११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभएको छ । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । आँखा शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बास जस्ता सेवा निःशुल्क प्रदान गरि...

पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमै दुर्लभ रेडपाण्डा भेटिए

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक बन क्षेत्रमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न बन क्षेत्रको भ्रमणमा गएका सोही नगरपालिकाका टोलीले मेरुङ सामुदायिक बनमा रेडपाण्डा भेट्टाएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी बैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सबमा केन्द्रीत हुँदै चैत्र १ गते बन क्षेत्र प्रबेश गरेको टोलीले चौथो दिन रेडपाण्डा भेट्न सफल बनेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डा सम्बन्धी स्थलगत अध्ययन गर्ने समेत उदेश्यले ६ नम्बर नेर्पाका वडाध्यक्ष माधब राईको संयोजकत्वमा टोली जुटेका थिए । रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाईमा भेटिएको वडाध्यक्ष राईले सुनाउनुभयो । बिभिन्न समुहमा बिभााजित भएर खोजी गर्ने क्रममा बिहान आठ बजेर ४० मिनेट जाँदा रुखमा स...

अल्पायुमै मृत्युबाट बचाउन स्क्रिनिङ अभियान

#, कला/साहित्य, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
चैत्र–१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नसर्ने रोगको पहिचान गर्न स्क्रिनिङ सुरु गरेको छ । अल्पायुमै मृत्यू हुन तथा अंगभंग हुनबाट बचाउन सचेतना अभियानका साथ स्क्रिनिङ सेवा सञ्चालन गरेको हो । नसर्ने रोगको बेलामै पहिचान गरी नियमित औषधी उपचार गरे अल्पायूमै मृत्यू र अंगभंग हुनबाट बच्न र बचाउन सकिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो । अचार्यका अनुसार नगर क्षेत्रका ३० बर्षदेखि माथिकालाई उच्च रक्तचाप, मधुमेह, मृगौला, पिसाब, उचाई र तौलको आधारमा बीएमआई परीक्षण गरिएको हो । नेपालमा हाल नसर्ने रोगहरुको ठूलो भार रहेको जनाईएको छ । अभियान अन्तर्गत हालै दिक्तेलबजारको हाटडाँडामा ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षण गरिएकोमध्ये १८ जनामा उच्च रक्तचाप ६ जनामा मधुमेह, पाँच जनामा मृगौलाको समस्या, १२ जनामा अत्याधिक मोटोपना र ३० जनामा मोटोपना देखिएको छ । समध...

होलीको साँझमा बबिनाको तहल्का

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई  खोटाङ, १ चैत । सिमसिम पानी छिट्याउन थाल्यो । झम्के साँझ पर्न थाल्यो । ‘माथि–माथि हिमाली भेगमा हिउँ प¥यो फुरुरु...’ । गायिका बबिना किरातीको स्थायीसँगै दर्शकका तालीको पर्रासहितको अन्तरा एकैसाथ गुञ्जन थाले । मैदानमा दर्शकहरु झुम्मिन थाले । पटकाको बर्षा बर्षिए । गायिका/गायक लगायत संगीतप्रेमीहरुको स्वागतमा निक्कै लामो लहर चलिरह्यो । फागुन २९ गते अर्थात होली पर्व । सोल्मा स्पोर्टस क्लब, दिक्तेल सोल्मा अर्थात आयोजकको सोल्मास्थित खेलमैदान । माथिल्लो भेग र चिसो मौसम । रोमाञ्चक खेलका साथै होली पर्बका कारण पनि खैलमैदान तथा आसपासका क्षेत्र रंगिन यसै थियो । सद्भावको रंगमा रंगिएका मान्छेहरु बबिना किरातीको गायकीमा झनै रङ्मगिएका थिए । समापनमा बिशेष आकर्षण थियो बिशेष सांगीतिक प्रस्तुति । साँझ हुर्कंदै जाँदा मञ्च सामुन्ने भीड बाक्लिँदै गयो । सिमसिम बर्षा हुन थाले पनि कसैलाई पर्वाह थिएन ...

उद्योगमार्फत दुना–टपरीको व्यवसायिक उत्पादन

#, कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरु गरिएको छ । बाम्राङ सङखुका ज्ञानबहादुर राईले मेसिन मार्फत ब्यवसायिक रुपमा दुना–टपरी उत्पादन गर्न सुरु गर्नुभएको हो । बिहे–कार्जे भोज–भतेरमा दुना टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले दुना–टपरी बनाउन सुरु गरेको राईले बताउनुभयो । दुना टपरी उद्योगमा निम्न आर्थिक अवस्थाकाहरूलाई रोजगारीको मेसो बनेको समेत राईको भनाई छ । दुना–टपरी सालको पातबाट बनाइन्छ । दुना–टपरीको कारण सालको पातको समेत सदुपयोग हुने गरेको छ । सालको पातलाई प्रतिमुठा ३५ देखि ६० रूपैयाँसम्ममा खरिद गरिदिने गरेको र दुना–टपरी गाँस्नेलाई प्रतिगोटा एक रूपैयाँका दरले दिने गरेको राईको सुनाउनुभयो । प्लाष्टिकजन्य वस्तुले शहरबजार मात्र नभएर गाउँघरसम्म फोहोर बनाउनुका साथै वातावरणमा समेत प्रतिकुल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न दुना–टपरी उपयोगी हुने उद्योग ...

पाँचौ सोल्मा वडा कपको उद्घाटन ब्यानर भारतमा उत्रियो

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–२५, खोटाङमा आयोजित ‘पाँचौ सोल्मा वडा कप पुरुष  फुटबल प्रतियोगिता’को उद्घाटनमा उडाईएको ब्यानर भारतको सिलगुढीमा भेटिएको छ । आयोजक सोल्मा स्पोट्र्स क्लब सोल्माको खेल मैदानबाट उडाईएको बेलुनसहितको उद्घाटन ब्यानर भारतीय महिला आनान्या सरकारले भेटाएकी हुन् । पाँचौं संस्करणको उद्घाटन शनिबार कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नुभएको हो । बेलुन र ब्यानर फेला पारेकाबारे स्वयम आनन्याले आयोजकको आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् । पूर्बघोषणा अनुरुप उद्घाटनमा उडाईएको बेलुनसहितको ब्यानर फेला पार्ने ब्यक्तिलाई नगद पाँच हजार रुपैंयाँ पुरस्कार प्रदान गर्दै आएकोे क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जनाउनुभयो । उद्घाटन ब्यानर भेट्ने आनन्यालाई पुरस्कार प्रदान गर्न र ब्यानर फिर्ता लिन आईतबार क्लबका प्रतिनिधि भारत पठाईएको आयोजकले बताएको छ । फागुन–२९ गते समापन हुने प्रत...

दिक्तेलबजारमा लोकसेवाको निःशुल्क दुई महिने तयारी कक्षा

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ फागुन । दिक्तेलबजारमा निःशुल्क दुई महिने लोकसेवा आयोग तयारी कक्षा सञ्चालन भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति विधार्थी महासंघ, खोटाङले दुई महिने तयारी कक्षा सञ्चालन गरेको हो । यही फागुन–२२ बाट जारी निःशुल्क कक्षामा ६० जना बिद्यार्थी सहभागी रहेको आदिवासी जनजाति विधार्थी महासंघका जिल्ला अध्यक्ष सोनामहाङ राईले बताउनुभयो । तयारी कक्षा दिक्तेलबजारको सरस्वती माविमा प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भईरहेको अध्यक्ष राईले बताउनुभयो । दुई महिने कक्षामा खरिदार, नायब सुब्बा, प्रदेश निजामती र स्थानीय सेवाको सहायक चौथो र पाँचौेको तयारी कक्षा सञ्चालन भइरहेको अध्यक्ष राईको भनाई छ । महासंघले अघिल्लो बर्षहरुमा पनि निःशुल्क रुपमा तयारी कक्षाको ब्यवस्था गर्दैआएको थियो ।।  ...

दिक्तेल–तराई छोटो दूरीको सडक अन्तिम चरणमा

#, कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–२३,  खोटाङको दिक्तेलबजार र तराई जोड्ने सबैभन्दा छोटो सडक निर्माण कार्य सकिन लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित आहालेदेखि रेग्मीटारसम्मको १४ दशमलब ५ किलोमिटर सडक निर्माण कार्य अन्तिममा पुगेको हो । यसै आर्थिक वर्ष सक्ने गरी धमाधम काम भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । सदरमुकाम दिक्तेलदेखि तराई जोड्ने सबैभन्दा छोटो सडक भएकाले यसलाई प्राथमिकतामा राखिएको नगरप्रमुख भट्टराईको भनाई छ । आहालेदेखि रेग्मीटारसम्म निर्माण सकिएपछि उक्त सडक सगरमाथा लोकमार्गसँग जोडिन्छ । सडक बनेपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने वाध्यताको अन्त्य हुने नगरप्रमुख भट्टराईले जनाउनुभयो । निर्माण हुन करिब पाँच सय मिटर मात्र बा...