Saturday, August 1

फागुन ३ गतेदेखि ६७४३ वडामा मतदाता शिक्षा सञ्चालन हुँदै

#, कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२८ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुदै छ । यसले मतदान प्रक्रियालाई सहज, सरल बनाउनुका साथै मत बदर हुनबाट जोगाउँछ । आयोगले आगामी फागुन १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगले जानकारी दिएको छ । स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  ...

बालाजु हाइटबाट ७ लाख मूल्य बराबरको गहना चोरी

भनाइ/विचार, विदेश/प्रवास, समाज/संस्कार
२७ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिका – १६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको छ। रुकुम मुसिकोट नगरपालिका–२ घर भई हाल त्यहाँ बस्दै आएका २५ वर्षीया बिमला बिक नेपालीको कोठाबाट सुनका गरगहना चोरी भएको हो। सोमबार दिउँसो कोठामा कोही नभएको मौका छोपी करिब ७ लाख ४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।...

निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता,प्रथम पुरस्कार ५० हजार,अन्य कति ?

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२७ माघ,काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ। निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ।प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ ।पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगको भनाइ छ।भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ। भिडियोमा निर्वाचन प्रचारप्रसार,आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ।एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ।त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल मा पठाउनु पर्ने आयोगले स्पष्ट पारेको छ।  ...

रामेछाप बस दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाइते

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२७ माघ,काठमाडौं ।रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ।काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो। दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताएका छन्। दुर्घटनास्थबाट उद्धार गरिएका ११ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको प्रजिअ थापाको भनाइ छ । उनका अनुसार उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । चालक,सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको अरनिको यातायात समितिले जानकारी दिएको छ । बाटोबाट अन्य थप यात्रु चढेको नचढेको खुलेको छैन ।सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ...

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू : सर्वोच्च अदालत

जनमत/प्रतिक्रिया, विदेश/प्रवास
२७ माघ,काठमाडौं ।सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा आदेश दिएको छ। न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था विभागले २०८२ भदौ ३ गते जारी गरेको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो। त्यतिबेला भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेपछि सो निर्णयविरुद्ध आवाज उठाउँदै अधिवक्ता रामबहादुर रावल सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले आइतबार जारी गरेको आदेशमा भनेको छ,‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेत भौतिक मन्त्री ज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णय र यातायात व्यवस्था विभागको सूचना कार्यान्वयन नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ ।’ सर्वोच्च अदालतले यातयातका साधनमा जडान गरिने इम्बोस्ड नम्बरको अक्षर र अंक दुवैमा नेपाली भाषा हु...
रावाबेँसीका उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेविका तथा चार छात्रा पुरस्कृत

रावाबेँसीका उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेविका तथा चार छात्रा पुरस्कृत

कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ माघ । कनककुमारी पोखरेल स्मृति प्रतिष्ठान खोटाङले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्व. आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा परिवारका सदस्यले स्थापना गरेको रु सात लाखको अक्षयकोषबाट उनीहरूलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकातर्फ सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठ रहनुभएको छ । छात्रातर्फ शारदा उच्च माध्यमिक विद्यालय खार्पाको कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ का ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशङ्खेलाई छात्रवृत्ति अन्तरगत पुरस्कृत गरिएको जनाइएको छ । पुरस्कृत हुने उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेव...
भारतको कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाउने खोटाङ्गेको भारतमै अन्त्येष्टि गरियो

भारतको कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाउने खोटाङ्गेको भारतमै अन्त्येष्टि गरियो

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा ज्यान गुमाउने खोटाङका तीन युवाको शव भारतमै अन्त्येष्टि गरिएको छ । मेघालयस्थित अवैध कोइलाखानीमा यही माघ–२२ गते भएको विष्फोटमा ज्यान गुमाउनुभएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङ निवासी ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको अन्त्येष्टि गरिएको हो । विष्फोटमा ज्यान गुमाउनुभएका तीनै जनाको शव नेपाल निकाल्न नसकिने अवस्था भएपछि सिलोङको भालुपारा भन्ने ठाउँमा सोमबार अन्त्येष्टि गरिएको घटनास्थल पुग्नुभएका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ । “विष्फोटका कारण ज्यान गुमाउनुभएका सबै जनाको शव गलेको अवस्थामा थियो । विष्फोटपछि कोइलाखानीभित्र लागेको आगोले डढेको शव नेपाल निकाल्न धेरै खर्च लाग्ने भएकाले भारतमै अन्त्येष्टि गरिय...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोगको स्क्रिनिङ (रोग पहिचान गर्ने काम) अभियान सुरु गरेको छ । उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोग पहिचान भएका बिरामीको स्वास्थ्य शिविर आयोजना गरेर निःशुल्क उपचार गर्न नगरपालिकाले स्क्रिनिङ अभियान सुरु गरेको हो । आगामी चैत पहिलो हप्तासम्म सञ्चालन हुने स्क्रिनिङ अभियानको पहिलो दिन ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । दिक्तेलस्थित नगरपालिकाको सभाहलमा आयोजित स्क्रिनिङ अभियान शुभारम्भ कार्यक्रममा सहभागी भएर स्वास्थ्य परीक्षण गराउनेमध्ये चार जनाको रक्तचाप बढेको र सात जनामा पिसाबसम्बन्धी समस्या देखिएको जनाइएको छ । पिसाब सम्बन्धी समस्या देखिएकाहरुलाई मिर्गौला परीक्षण गराउन जिल्ला अस्पताल दिक्तेल जान सल्लाह दिइएको नगर स्वास्थ्य...

नेपालले अन्तिमसम्म दबाबमा राख्यो :म्यान अफ दि म्याच विल ज्याक्स

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२६ माघ,काठमाडौं । नेपाल विरुद्धको खेलमा अलराउन्ड प्रर्दशन गरेका ईंग्ल्यान्डका विल ज्याक्सले आफूहरुलाई अन्तिमसम्म दवावमा राखेको बताएका छन् । उनले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ३९ रन बनाएका थिए भने आफ्नो पार्ट टाइम स्पिनमार्फत कुशल भुर्तेलको महत्वपूर्ण विकेट लिएका थिए । प्लेयर अफ दि म्याचको पुरस्कार थापेपछि ज्याक्सले नेपाली टिमको उच्च प्रशंसा गरेका छन् । खेलको पिच अप्ठेरो भए पनि नेपाली ब्याटरहरुले स्पिनरलाई निक्र राम्रो खेलेको उनको प्रतिक्रिया छ ।  ज्याक्सले भने, ‘नेपाललाई पूर्ण श्रेय दिन्छु, उनीहरू वास्तवमै उत्कृष्ट थिए । पिच निकै कठिन थियो तर उनीहरूले स्पिनलाई राम्ररी खेले र हामीलाई हारको निकै नजिक पुर्‍याए ।बलिङतर्फ सन्दीप लामिछानेले आफू जादु देखाए । उनले १७ ओभरमा गरेको बलिङ नेपाली समर्थकले लामो समय सम्झिने छन् । खासमा यो मेडन ओभर हुनुपर्थ्यो, तर ‘मिस फिल्ड’का कारण ईंग्ल्यान्डले एक ...
विवाह भोजमा सभागी बिरामी प्रकरण : स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

विवाह भोजमा सभागी बिरामी प्रकरण : स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २६ माघ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न तथा आवश्यक उपचारका लागि आएका छन् । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि स्वास्थ्यमन्त्री लिम्बू विज्ञ टोली लिएर आज (सोमबार) घटनास्थल दिप्लुङ आउनुभएको हो । दिप्लुङकै निगालावासस्थित भञ्ज्याङका रामकुमार राईको घरमा स्वास्थ्य शिविर आयोजना गरेर उपचारको प्रबन्ध मिलाइए पनि बिरामीको चाप अधिक बढेपछि कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विराटनगरको टोली झिकाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताउनुभएको छ । “मन्त्रालयबाट माननीय मन्त्री मानबहादुर लिम्बू ज्यूसहितको टोली आएर शिविर तथा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचा...