डिकुवामा डढेलोको वितण्डा : एक विद्यालय र नौँ घर जल्यो, अझै नियन्त्रण बाहिर
खोटाङ, ५ चैत । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एउटा विद्यालय र नौँवटा घर तथा गोठ जलेर नष्ट भएको छ । डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनबाट शुरु भएको डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे कार्यालय भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।
चैत–३ गते राति डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भएर गाउँ पस्दा गएरातिसम्ममा एउटा विद्यालयका साथै नौँवटा घर तथा गोठ जलेर नष्ट भएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयो । “गाउँ पसेको डढेलो अहिले नियन्त्रणमा आएको छ । छुम्पाङ क्षेत्र...
