कात्तिके फुटबल क्लब ईन्द्रणीपोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’को उपाधि
खोटाङ, २५ वैशाख । दोस्रो सँस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीले जितेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित खोटाङबजार टुँडीखेलमैदानमा आज (बिहीबार) सम्पन्न फाइनल खेलमा मेर्ला फुटबल क्लब ईन्द्रेणीपोखरीलाई ५–० गोल अन्तरले पराजित गर्दै कात्तिके फुटबल क्लब ईन्द्रेणीपोखरीले प्रथम उपाधि जितेको हो ।
प्रथम उपाधि विजेता कात्तिके फुटबल क्लब ईन्द्रणीपोखरीले रु एक लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता मेर्ला फुटबल क्लबले नगद रु ५० हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिम पारुहाङ फुटबल क्लब ईन्द्रेणीपोखरी र कट्टा फुटबल क्लब सावाकटहरेले नगद रु २५÷२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खोटेहाङ खेलकुद विकास समिति खोटहाङ गाउँपालिकाले सञ्चालन गरेको दोस्रो सँस्करणको प्रतियोगिताका स...
