खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि दोर्पाबुवालुङको पोल्टामा
खोटाङ, २९ कातिक । श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटे लफ्याङ खोटाङले आयोजना गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं. ८ दोर्पाबुवालुङले जितेको छ । विद्यालयको ६५ औँ वार्षिक उत्सव तथा १४ औँ अक्षयकोष स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेता बुवालुङले नगद रु २५ हजार र उपविजेता नेर्पाले रु १५ हजारसहित ट्रफी हात पारेको छ ।
लफ्याङस्थित श्री माविको प्राङ्गणमा शनिबार सम्पन्न फाइनल खेलको सुरुवातदेखि नै नेर्पालाई दबाबमा राख्दै बुवालुङले पहिलो, तेस्रो र चौथो सेट जित्दा नेर्पाले एक सेट मात्रै जितेको थियो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि साकेला गाउँपालिकाका प्रमुख एवम् विद्यालयका पूर्वविद्यार्थी रविप्रकाश राई, लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान र...
