Wednesday, October 28

विदेश/प्रवास

फागुन–१ गतेदेखि दिक्तेल बजारमा ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव’

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ माघ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही फागुन–१ गतेबाट ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१’ आयोजना हुने भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका साथै स्थानीय कला तथा सँस्कृति, कृषि र खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । नमुना स्पोट्र्स क्लब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको आयोजनामा हुन लागेको महोत्सव फागुन–१६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता, ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । महोत्सवमा विभिन्न जातजातिको खाना, राडीपाखी, कृषि उपज, जडीबुटी, ...

बाँसुरीको धुनसँगै झुमेको खोटाङ

#, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
खोटाङ, २० माघ । माघ महिनाको मध्येतिर धुम्मिएको दिन । बिहानको करिब ११ बजेदेखि गुञ्जनु शुरु भएको बाँसुरीको धुन गहिरो ठण्डी (ठिही) बढेको साँझ करिब आठ बजेसम्म अटुट रह्यो । बाँसुरीको धुनमा मिसिएका तबला, सारांगी, मादल लगायतका ताल र धुनहरु सुनमा सुगन्ध बनेका थिए । मुख्य आकर्षण थिए चर्चित बाँसुरी बाद्यक नरेन्द्रबिक्रम राई । नरेन्द्र लगायत नेपालका बिभिन्न जिल्लाबाट आएका बाँसुरी बाद्यकका धुनमा मन मिसाउन खोटाङका उल्लेख्य संगीतप्रेमीको भीड लागेका थिए । ख।ेटाङको दिक्तेलबजारस्थित सरस्वती माबिमा गुञ्जिएका फरक–फरक स्केलका बाँसुरी र त्यसबाट सिर्जित धुनहरुले जिल्लाबासीको जाडो छलिरहेका थिए । सन्दर्भ, प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्व सन्ध्यामा खुला बाँसुरी बाद्यन तथा स्कुल स्तरीय गायन÷बाद्यन प्रतियोगिता–२०८१ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हालै आयोजना गरेको उक्त कार्यक्रममा नेपालका चर्चित...

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालियो

कला/साहित्य, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ माघ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाइन् । “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उनले भनिन्, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न निकायसँग छलफल सुरू गरिएको छ ।” भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको,...

मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ : आसपासका स्थानीय तहमा महोत्सव नै महोत्सव

कला/साहित्य, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ माघ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा शुरुवात गरिएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सीमानामा पर्ने चखेवाभञ्ज्याङमा मङ्गलबार आयोजित एक कार्यक्रमबीच भ्रमण वर्षको औपचारिक उद्घाटन गर्नुभएको हो । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहहरुले आ–आफ्नो अनुकूल महोत्सवहरु आयोजना गरेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरुपमा सफल बनाउन आसपासका स्थानीय तहहरुमा सिजनअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको आयोजक आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो । भ्रमण वर्षको...

मौलिक संस्कार÷संस्कृतिको जगेर्ना गर्न ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना

कला/साहित्य, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरेको छ । चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनसँगै कला, साहित्य र मौलिक संस्कार÷संस्कृतिको जगेर्ना गर्नका लागि नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरेको हो । दिक्तेलबजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्सको पाँचवटा कोठामा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज (सोमबार) औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ । सङ्ग्रहालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार÷कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा नगरपालिकाले शुरुवात गरेको काम प्रशंसनी...

हलेसी आउने पर्यटकका लागि मञ्जुश्री गुफा जाने पदमार्ग अर्को आकर्षणको केन्द्र

कला/साहित्य, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० पुस । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी क्षेत्रमा अवस्थित मञ्जुश्री गुफा आवतजावतका लागि पदमार्ग निर्माण गरिएपछि भक्तजन तथा पर्यटकलाई सहज भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर आकर्षक ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको हो । मञ्जुश्री गुफा जाने पदमार्गसँगै तुवाचुङ पदमार्ग, माङिखम घर निर्माण लगायतका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु छ करोड लगानीमा ठेकेदारमार्फत स्तरोन्नतिको काम शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “मञ्जुश्री गुफा जाने बाटो अत्यन्तै अप्ठ्यारो थियो । पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको छ”, उहाँले भन्नुभयो, “मञ्जुश्री गुफा जावतजावतका लाग...

प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ : राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने तयारी

कला/साहित्य, फोटो/भिडियो, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २१ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक–एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको हो । बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने भनेर कार्यपालिका बैठकले निर्णय गरिसकेका छौँ । निर्णयको प्रतिलिप...

‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सफल बनाउन दिक्तेल बजारमा रेडपान्डा र थार महोत्सव

विदेश/प्रवास, समाचार/विश्लेषण
खोटाङ, १५ मङ्सिर । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसरमा ‘रेडपाण्डा र थार महोत्सव’ गर्ने भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलहरुमा पाइने लोपोन्मुख जनावरहरु रेडपान्डा र थारको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रशार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने तयारी गरिएको हो । महोत्सवका लागि मुन्दुम ट्रेलसँग जोडिएका वडाका वडाअध्यक्षहरू, सामुदायिक वन महासङ्घ सम्मिलित कार्यदलले विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसको आधारमा महोत्सवको मिति निर्धारण गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५लाई प्रभावकारी र सफल बनाउन स्थानीय तहहरुको महत्वपूर्ण भूमिका रहन्छ । भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर हामीले रेडपान्डा र थार महोत्सव आयोजना गर्ने निर्णय ग...

आज बाट सोह्र श्राद्ध शुरु ,पशुपतिनाथ मन्दिर परिसरको वाग्मती किनारमा सोह्रश्राद्ध गर्नेहरुको घुइँचो

भनाइ/विचार, विदेश/प्रवास
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि...

आज आधिकांश स्थानमा मौसम सफा रहने :मौसम विज्ञान विभाग

भनाइ/विचार, विदेश/प्रवास
काठमाडौँ- देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ । यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा...