Wednesday, October 28

विदेश/प्रवास

होलीको साँझमा बबिनाको तहल्का

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई  खोटाङ, १ चैत । सिमसिम पानी छिट्याउन थाल्यो । झम्के साँझ पर्न थाल्यो । ‘माथि–माथि हिमाली भेगमा हिउँ प¥यो फुरुरु...’ । गायिका बबिना किरातीको स्थायीसँगै दर्शकका तालीको पर्रासहितको अन्तरा एकैसाथ गुञ्जन थाले । मैदानमा दर्शकहरु झुम्मिन थाले । पटकाको बर्षा बर्षिए । गायिका/गायक लगायत संगीतप्रेमीहरुको स्वागतमा निक्कै लामो लहर चलिरह्यो । फागुन २९ गते अर्थात होली पर्व । सोल्मा स्पोर्टस क्लब, दिक्तेल सोल्मा अर्थात आयोजकको सोल्मास्थित खेलमैदान । माथिल्लो भेग र चिसो मौसम । रोमाञ्चक खेलका साथै होली पर्बका कारण पनि खैलमैदान तथा आसपासका क्षेत्र रंगिन यसै थियो । सद्भावको रंगमा रंगिएका मान्छेहरु बबिना किरातीको गायकीमा झनै रङ्मगिएका थिए । समापनमा बिशेष आकर्षण थियो बिशेष सांगीतिक प्रस्तुति । साँझ हुर्कंदै जाँदा मञ्च सामुन्ने भीड बाक्लिँदै गयो । सिमसिम बर्षा हुन थाले पनि कसैलाई पर्वाह थिएन ...

हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ फागुन । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवम् पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि नेपाल सरकारका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतको हातबाट लोगो सार्वजनिक गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । पूर्वअर्थमन्त्री डा. महतसँगै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राई लगायतले ११५ औँ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जना...

प्रथम राष्ट्रिय बाँस सम्मेलन : खोटाङलाई ‘बाँसको राजधानी’ बनाउन पहल गर्ने निर्णय

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ फागुन । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणा–पत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन १५ गते शुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ । खोटाङ घोषणा–पत्रमा बा...

प्रथम राष्ट्रिय बाँस सम्मेलन : बाँस उद्यमी तथा व्यवसायीहरु उत्साहित

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १६ फागुन । जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने बाँस सम्मेलनको औपचारिक उद्घाटन बिहीबार नेपाल सरकार, सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गर्नुभएको हो । दिक्तेलस्थित खाेटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । बाँस सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरु स्टलकाे रुपमा प्रदर्शनीमा राखिएको छ। सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकार लगायतगरी ५१ वटा स्टल राखिएकाे आयोजकले गरेको छ । यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङ लगायतको पनि व्यवस्था ग...

राष्ट्रिय बाँस सम्मेलनमा ‘बाँस दाई’ आकर्षण

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–१५, खोटाङको दिक्तेलबजारमा उद्घाटन भएको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”मा ‘बाँस दाई’ अर्थात भरिबहादुर पर्तेल आकर्षणको केन्द्र बनेका छन् । बाँसकै शीर–पाउ पहिरिएका म्याग्दी, दरवाङ गाउँपालिका–२ का पर्तेल सम्मेलन स्थलमा आकर्षण बनेका हुन् । बाँसबाट मानब जीवनमा आवश्यक सबै काम गर्न सम्भव रहेको कुरा स्थापित गर्न तथा बाँसको प्रबद्र्दन गर्न पर्तेलले बिगत ६ बर्षदेखि बाँसकै पहिरन लगाउँदै आउनुभएको छ । टोपी, कोट, सर्ट, हाप पाईण्ट, जुत्ता, मास्क, चस्माको कभर लगायत सबै बाँसकै पहिरन लगाएर सम्मेलनमा सहभागी बन्नुभएका ‘बाँस दाई’सँग फोटो खिच्न तथा कुरा गर्न होडबाजी चलेको छ । बिकट गाउँमा जन्मिएर हुर्कनुभएको उहाँले बाँसबाट निर्मित झोला, घुम, जुत्ता लगायतका समाग्री बोकेर हिँड्ने गर्नुभएको छ । बाँसको पहिरनमा हिँडडुल गर्न तथा खान–बस्न असहज हुने गरेको बाँस दाईले जनाउनुभयो । निरन्तर बाँसकै सीप गर्द...

यलम्बर बाजा बजाउँदै राष्ट्रिय बाँस सम्मेलनको उद्घाटन

#, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–१५, खोटाङसिथत दिक्तेलबजारमा “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”को उद्घाटन गरिएको छ । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित फागुन १७ गतेसम्म सञ्चालन हुने बाँस सम्मेलनको उद्घाटन गरिएको हो । दिक्तेलबजारस्थित माटिकोरे कभर्ड हलमा संघीय बन वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यलम्बर बाजा बजाउँदै सम्मेलनको उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमा बाँसबाट निर्माण गरिने यलम्बर बाजालाई किरात समुदायले परम्परागत मौलिक बाजाको रुपमा लिने गरेको छ । बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राखी सम्मेलनको आयोजना गरिएका आयोजकले जनाएको छ । सम्मेलनमा संघीय मन्त्रीहरु, बिभिन्न प्रदेशका मन्त्रीहरु, सांसदहरु, गभर्नर महाप्रसाद अधिकारी, बिभिन्न बिश्वबिद्यालयका प्राध्यापक डाक्टरहरु, बन मन्त्रालयका बिशिष्ट कर्मचारीहरु लगायतको उपस्थिती रहेको छ । यस्तै, राष्ट्र...

राष्ट्रिय बाँस सम्मेलनका लागि दिक्तेलबजार उत्रन थाले टोलीहरु

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–१३,  खोटाङमा हुन गईरहेको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”का लागि बिभिन्न स्थानबाट बिज्ञ तथा सहभागीहरु कार्यक्रम स्थल दिक्तेलबजार पुग्न थालेका छन् । यही फागुन–१५ अर्थात बिहिबारदेखि सुरु हुने सम्मेलनका लागि काठमाण्डौं लगायतका बिभिन्न जिल्लाका टोलीहरु धमाधम दिक्तेलबजार उत्रन थालेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–बन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो क्रियसन ललितपुरको आयोजनामा सम्मेलन हुन लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी बाँस सम्मेलनको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत बाँस सम्मेलनको सम्पुर्ण तयारी पुरा हुँदै गर्दा पाहुनाहरु पनि दिक्तेलबजार उत्रन थालेको जनाईएको हो । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित तीन दिन...

सबैको ध्यान “राष्ट्रिय बाँस सम्मेलन–२०८१” तर्फ

#, कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–१२, यतिखेर खोटाङबासी लगायत बाँस क्षेत्रसँग सम्बन्ध र सरोकार राख्ने सबै पक्षको ध्यान “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”तर्फ केन्द्रीत भएको छ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही फागुन १५, १६ र १७ गते दिक्तेलबजारमा आयोजना गर्न लागेको ऐतिहासिक बाँस सम्मेलनतर्फ नगरबासी, जिल्लाबासी तथा देशभरका सम्बन्धित र सरोकारवाला पक्षको ध्यान खिचिएको हो । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राखी आयोजना गरिएको राष्ट्रिय बाँस सम्मेलनको तयारी करिब पूरा भईसकेको छ । सम्मेलनमा आमन्त्रित तथा सहभागी बिशिष्ट पाहुनाहरुलाई आवासको ब्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, मञ्च ब्यवस्थापन, स्टल ब्यस्थापन लगायतको कार्यको टुंगो लागिसकेको मेयर तीर्थराज भट्टराईले जनाउनुभयो । हालसम्म देशभरबाट ५२ वटा ...

प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–११,   खोटाङमा ऐतिहासिक रुपमा आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित दिक्तेलबजारमा यही फागुन १५, १६ र १७ गते हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राख्दैे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बाँस सम्मेलनको अन्तिम तयारी धमाधम भईरहेको छ । बिशिष्ट पाहुनाहरुलाई आवासको ब्यवस्था, स्वास्थ्य सेवा, मञ्च ब्यवस्थापन, स्टल ब्यस्थापन लगायतको कार्य अन्तिममा पुगेको मेयर तीर्थराज भट्टराईले जनाउनुभयो । हालसम्म देशभरबाट ५२ वटा स्टल ल्याईने टुंगो लागेको छ । नगरपालिका मुख्य आयोजक रहेको सम्मेलनको आयोजक बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–बन तथा वातावरण मन्त्...

किरात ऐतिहासिकस्थलमा निर्माणाधीन ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ माघ । किरात ऐतिहासिकस्थल एवम् धार्मिक पर्यटकीयस्थल खोटाङको तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग ७३० मिटर लामो छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण शुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामाकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ । तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर पर्खाल निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “उकालो र उरालो भूभा...