वाईसिएल हलेसी तुवाचुङ नगरपालिकाको अध्यक्षमा दिनेश बुढाथोकी सर्वसम्मत् चयन
खोटाङ, १८ फागुन । योङ कम्युनिष्ट लिग (वाईसिएल) हलेसी तुवाचुङ नगरपालिका नगर कार्यसमिति अध्यक्षमा दिनेश बुढाथोकी चयन हुनुभएको छ । वाइसिएलको फागुन–१७ गते सम्पन्न दोस्रो नगर सम्मेलनले बुढाथोकीको अध्यक्षतामा ४१ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएलको नगर कार्यसमिति उपाध्यक्षमा त्रिचन्द्र राई, नेत्रबिक्रम राई र हिरण माझी, सचिवमा राकेश राई, सह–सचिवमा युवराज कार्की, सुगा विश्वकर्मा, मेगजन राई, पार्वती कार्की र गौतम राई तथा कोषाध्यक्षमा एमिका राई र सह–कोषाध्यक्षमा अवसरा राई चयन हुनुभएको छ । यस्तै, सदस्यमा भरत श्रेष्ठ, सरोज श्रेष्ठ, निता खत्री, कुमार राई, विमल कार्की, कुमार कार्की लगायत ४१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको जनाइएको छ ।
वाईसिएलको नगर सम्मेलनमा माओवादी केन्द्रका प्रदेश, जिल्ला तथा नगर समितिका नेताहरुको उपस्...
