Friday, June 5

समाज/संस्कार

उद्योगमार्फत दुना–टपरीको व्यवसायिक उत्पादन

#, कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरु गरिएको छ । बाम्राङ सङखुका ज्ञानबहादुर राईले मेसिन मार्फत ब्यवसायिक रुपमा दुना–टपरी उत्पादन गर्न सुरु गर्नुभएको हो । बिहे–कार्जे भोज–भतेरमा दुना टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले दुना–टपरी बनाउन सुरु गरेको राईले बताउनुभयो । दुना टपरी उद्योगमा निम्न आर्थिक अवस्थाकाहरूलाई रोजगारीको मेसो बनेको समेत राईको भनाई छ । दुना–टपरी सालको पातबाट बनाइन्छ । दुना–टपरीको कारण सालको पातको समेत सदुपयोग हुने गरेको छ । सालको पातलाई प्रतिमुठा ३५ देखि ६० रूपैयाँसम्ममा खरिद गरिदिने गरेको र दुना–टपरी गाँस्नेलाई प्रतिगोटा एक रूपैयाँका दरले दिने गरेको राईको सुनाउनुभयो । प्लाष्टिकजन्य वस्तुले शहरबजार मात्र नभएर गाउँघरसम्म फोहोर बनाउनुका साथै वातावरणमा समेत प्रतिकुल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न दुना–टपरी उपयोगी हुने उद्योग ...

पाँचौ सोल्मा वडा कपको उद्घाटन ब्यानर भारतमा उत्रियो

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–२५, खोटाङमा आयोजित ‘पाँचौ सोल्मा वडा कप पुरुष  फुटबल प्रतियोगिता’को उद्घाटनमा उडाईएको ब्यानर भारतको सिलगुढीमा भेटिएको छ । आयोजक सोल्मा स्पोट्र्स क्लब सोल्माको खेल मैदानबाट उडाईएको बेलुनसहितको उद्घाटन ब्यानर भारतीय महिला आनान्या सरकारले भेटाएकी हुन् । पाँचौं संस्करणको उद्घाटन शनिबार कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नुभएको हो । बेलुन र ब्यानर फेला पारेकाबारे स्वयम आनन्याले आयोजकको आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् । पूर्बघोषणा अनुरुप उद्घाटनमा उडाईएको बेलुनसहितको ब्यानर फेला पार्ने ब्यक्तिलाई नगद पाँच हजार रुपैंयाँ पुरस्कार प्रदान गर्दै आएकोे क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जनाउनुभयो । उद्घाटन ब्यानर भेट्ने आनन्यालाई पुरस्कार प्रदान गर्न र ब्यानर फिर्ता लिन आईतबार क्लबका प्रतिनिधि भारत पठाईएको आयोजकले बताएको छ । फागुन–२९ गते समापन हुने प्रत...

दिक्तेलबजारमा लोकसेवाको निःशुल्क दुई महिने तयारी कक्षा

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ फागुन । दिक्तेलबजारमा निःशुल्क दुई महिने लोकसेवा आयोग तयारी कक्षा सञ्चालन भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति विधार्थी महासंघ, खोटाङले दुई महिने तयारी कक्षा सञ्चालन गरेको हो । यही फागुन–२२ बाट जारी निःशुल्क कक्षामा ६० जना बिद्यार्थी सहभागी रहेको आदिवासी जनजाति विधार्थी महासंघका जिल्ला अध्यक्ष सोनामहाङ राईले बताउनुभयो । तयारी कक्षा दिक्तेलबजारको सरस्वती माविमा प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भईरहेको अध्यक्ष राईले बताउनुभयो । दुई महिने कक्षामा खरिदार, नायब सुब्बा, प्रदेश निजामती र स्थानीय सेवाको सहायक चौथो र पाँचौेको तयारी कक्षा सञ्चालन भइरहेको अध्यक्ष राईको भनाई छ । महासंघले अघिल्लो बर्षहरुमा पनि निःशुल्क रुपमा तयारी कक्षाको ब्यवस्था गर्दैआएको थियो ।।  ...

हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ फागुन । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवम् पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि नेपाल सरकारका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतको हातबाट लोगो सार्वजनिक गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । पूर्वअर्थमन्त्री डा. महतसँगै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राई लगायतले ११५ औँ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जना...

बिना जानकारी अमेरिका बस्ने वडाध्यक्षलाई माओवादी केन्द्रले ग¥यो निलम्बन

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बिना जानकारी अमेरिका बस्ने वडाध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले बिना जानकारी अमेरिका बस्दै आउनुभएका खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई अनिश्चितकालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको हो । विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिइ अमेरिका बसेको तथा पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले कटवाललाई निलम्बन गरेको माओवादी केन्द्र खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो । बिना जानकारी अमेरिका बस्दै आउनुभएका वडाध्यक्ष कटवाललाई कारबाहीका लागि माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिले गत पुस–११ गते सिफारिस गरेको थियो । माओवादी केन्द्रको प्रदेश समिति अध्...

देश विकासमा महिलाको योगदान महत्वपूर्ण छ : प्रवक्ता डा. महत

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ फागुन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देश विकासमा महिलाको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काँग्रेस प्रवक्ता डा. महतले देश विकासमा महिलाले खेलेको भूमिकाको उच्च कदर गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका पूर्वअर्थमन्त्रीसमेत रहनुभएका काँग्रेस प्रवक्ता डा. महतले राजनीतिमा महिलाको सहभागिता ५० प्रतिशत पु¥याउनुपर्ने बताउनुभयो । “महिलाहरु जागरुक छन् । सक्रिय छन् । जिम्मेवारी पाउने बित्तिकै आफ्नो जिम्मेवारी पूरा गर्छन्”, उहाँले भन्नुभयो, “महिला सशक्तिकरणको पक्षमा हाम्रो पार्टीले पनि अभियान चलाएको छ । आगामी दिनमा महिलालाई राजनीतिक, आर्थिक, रोजगारी र सामाजिक काममा बराबरी सहभागिता गराउने योजना बनाएका छौँ ।” त्रिधार्मिकस्थल हलेसी मन्दिरको प...

दिक्तेल–तराई छोटो दूरीको सडक अन्तिम चरणमा

#, कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–२३,  खोटाङको दिक्तेलबजार र तराई जोड्ने सबैभन्दा छोटो सडक निर्माण कार्य सकिन लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित आहालेदेखि रेग्मीटारसम्मको १४ दशमलब ५ किलोमिटर सडक निर्माण कार्य अन्तिममा पुगेको हो । यसै आर्थिक वर्ष सक्ने गरी धमाधम काम भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । सदरमुकाम दिक्तेलदेखि तराई जोड्ने सबैभन्दा छोटो सडक भएकाले यसलाई प्राथमिकतामा राखिएको नगरप्रमुख भट्टराईको भनाई छ । आहालेदेखि रेग्मीटारसम्म निर्माण सकिएपछि उक्त सडक सगरमाथा लोकमार्गसँग जोडिन्छ । सडक बनेपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने वाध्यताको अन्त्य हुने नगरप्रमुख भट्टराईले जनाउनुभयो । निर्माण हुन करिब पाँच सय मिटर मात्र बा...

खोटाङमा चित्रकला क्रेज : चित्रकला प्रतियोगितामा दिक्तेल बोर्डिङकी साम्खामा राई प्रथम

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–२२,  खोटाङमा पछिल्लो समय चित्रकलाप्रतिको क्रेज बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केही महिना अघि आयोजना गरेको बृहत अन्र्तराष्ट्रिय चित्रकला प्रदर्शनी लगायतकका कार्यक्रम आयोजना गरेपछि सोप्रति सबैको रुचि बढेको पाईएको हो । चित्रकला सम्बन्धी बिबिध कार्यक्रम आयोना गर्दै आएको नगरपालिकाले ‘नगर प्रमुखसँग बिद्यार्थी’ कार्यक्रम अनतर्गत बिद्यालय स्तरीय खुला चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । बिभिन्न बिद्यालयका ७२ जना बिद्यार्थी सहभागी प्रतियोगितामा दिक्तेल ईङलिस सेकेण्डरी बोर्डिङ स्कुल दिक्तेलबजारकी साम्खामा राई प्रथम हुनुभएको छ । यस्तै, ज्योति माबि जालपाका प्रतीक बिश्वकर्मा दोश्रो र दिक्तेल बोर्डिङकै शिखा राई तेश्रो हुनुभएको आयोजकले जनाएको छ । प्रथम, दोश्रो र तेश्रो बिद्यार्थीले क्रमशः नगद १५ हजार, १० हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सरस्वती...

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा ईश्वर लम्साल

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा ईश्वर लम्साल चयन हुनुभएको छ । शिक्षक सङ्गठनको १३ औँ जिल्ला अधिवेशनबाट २७ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा लम्सला सर्वसम्मत् चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा नवीन चाम्लिङ र निर्मला कार्की, सचिवमा संसारमान राई, कोषाध्यक्ष हरिराम बस्नेत, सहकोषाध्यक्षमा चित्रकला भुजेल र सहसचिव मञ्जु अधिकारी चयन हुनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमिति खोटाङको अध्यक्ष टंक कटवालको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय महासचिव हस्तबहादुर शाहीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । दिक्तेलस्थित शुभम् फाउण्डेशनमा सम्पन्न कार्यक्रममा प्रमुख वक्ताको रुपमा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई रहनुभएको थियो । दुई दिनसम्म चलेको जिल्ला अधिवेशनमा एम...

नेपाल मगर सङ्घ खोटाङको अध्यक्षमा युवराज मगर चयन

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ फागुन । नेपाल मगर सङ्घ खोटाङको अध्यक्षमा युवराज मगर चयन हुनुभएको छ । दिप्रुङ चुइचुमा गाउपालिकाको टेम्मामा सम्पन्न मगर सङ्घको चौथो जिल्ला सम्मेलन युवराज मगरलाई सर्वसम्मत् जिल्ला अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश खपाङ्गी मगर, सचिवमा प्रेमबहादुर मगर, सहसचिव एल्बी लुङ्गेली मगर र कोषाध्यक्ष पहलमान मगर चयन हुनुभएको छ । मगर सङ्घका केन्द्रीय महासचिव टेकबहादुर नामझाली मगरको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको सम्मेलनले २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।...