वाईसिएल नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती सर्वसम्मत चयन
खोटाङ, २४ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिल नेपाल खोटाङको आज (बुधबार) राति सम्पन्न प्रथम जिल्ला सम्मेलनले किरातीलाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा चेवन बुधाथोकी, जीवनज्योति राई र मिनाकुमारी घिमिेरे (बुधाथोकी), सचिवमा सुजेन राई, सहसचिवमा विजय राई र राजेश प्रधान तथा कोषाध्यक्षमा वुद्धिकुमार राई चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई वाईसिल नेपालका केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला ईन्चार्ज शुभलाल राई ‘आदेश’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।
वाईसिएल नेपाल खोटाङको ५५ सदस्यीय जिल्ला कार्यसमितिमा एकजना महिला सहसचिवको पद भने, खाली राखिएको जनाइएको छ । खाली राखिएको पदमा जन्तेढुङ्गा गाउँपालिकाका...
