Wednesday, June 3

समाज/संस्कार

एमाले नेता एवम् केपिलासगढीका पूर्वगाउँपालिका प्रमुख कृष्णकुमार राई नेकपा प्रवेश

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता एवम् केपिलासगढी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख कृष्णकुमार राईसहितका एमाले नेताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपा खोटाङले मङ्गलबार बाक्सिला बजारमा आयोजना गरेको पार्टी कार्यक्रममा एमाले नेता राईसहित एमाले गाउँपालिका उपसचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नं. ४ बाक्सिला गाउँ कार्यसमिति अध्यक्ष दिनेश राई लगायतका १८ जना नेता तथा कार्यकर्ताले एमाले परित्याग गरेर नेकपा प्रवेश गरेका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जनताको भवना बुझ्ने र जेनजी आन्दोलनपछि सबैभन्दा पहिले पुनः गठन भएको पार्टी भएकाले आफू पनि नेकपा प्रवेश गरेको नेता राईले बताउनुभएको छ । “एमालेले जनताको भावना बुझ्न सकेन । त्यहाँ रहेर अहिले जनताको घरमा जान सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि देशभर नेकपा...

प्रतिनिधिसभा निर्वाचन : बढ्यो चुनावी सरगर्मी, उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० माघ । नेपाली काँग्रेस खोटाङका उम्मेदवार वीरकाजी राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि एवम् पूर्वजिल्ला सचिव राईले काठमाडौँको चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको हो । उम्मेदवार राईको साथमा कोशी प्रदेशका महामन्त्री एवम् निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, जिल्ला उपसभापति एवम् हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख इवन राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ । काँग्रेस खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी कमाण्डर (नेता) तोकेर अभियान सुरु गरेको समाचार स्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उम्मेदवार देवबिक्रम राईले खोटेहाङ गाउँपालिकाको खोटाङबजारबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । एमाले खोटाङका अध्यक्षसमेत रहनुभएका राईल...

प्रतिनिधिसभा निर्वाचन : खोटाङका २१ मतदानस्थल अतिसंवेदनशील

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रतिनिधिसभातर्फ एउटामत्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा आगामी निर्वाचनका लागि १३६ वटा मतदानस्थल निर्धारण गरिएको छ । आगामी निर्वाचनका लागि जिल्लामा निर्धारण गरिएका मतदानस्थलहरुलाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ । “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना अन्तरगत मतदानस्थलहरु निरीक्षण तथा अनुगमन गरेका थियौँ । अनुगमन प्रतिवेदनको आधारमा जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेका छौँ”, उहाँले भन्नुभयो, “मतदातालाई सुरक्षित र भयरहित वातावरण...

गायक रेवत राईको ‘खरको छानो’ : सपनासँगै सर्वश्व बगेको कथा (भिडियोसहित)

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, १५ माघ । गायक रेवत राईले अर्को मर्मस्पर्शी गीति भिडियो ‘खरको छानो’ सार्वजानिक गर्नुभएको छ । ‘तिमी तारे भीर’ (मेल भर्सन) ‘कान्छीलाई सम्झी’, ‘चार धाम’, ‘तिमीलाई मायाँ गरेँ’ ‘आपाको छोरी’, ‘१६ वर्षे ठिटो’जस्ता चर्चित गीतहरुमार्फत नेपाली गीतसँगीतप्रेमीको मन समाइसक्नुभएका राईले ‘खरको छानो’ गीति भिडियो हालै सार्वजानिक गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका गायक राईले आफ्नै युट्युब च्यानल ‘रेवत राई’मार्फत उक्त गीति भिडयो सार्वजानिक गर्नुभएको छ । सँगीतकारको रुपमा समेत सक्रिय गायक राई पछिल्लो केही वर्षदेखि युके (बेलायत)मा बसोबास गर्दै आउनुभएको छ । वि.सं. २०५२÷५३ सालतिरको पृष्टभूमिमा बुनिएको गीति कथा हो ‘खरको छानो’ । नेपाली ग्रामीण जनजीवन तथा बाध्यतासहितको यथार्थमा गीत डोहोरिएको देखिएको छ । नवराज मगरको शब्द तथा हरि लम्सालको सँगीत रहेको गीतको लागि किरण रा...

निर्वाचन आचारसंहिताका कारण फागुनको बृहत स्वास्थ्य शिविर चैतमा सारियो

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण खोटाङको दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आउँदो फागुन–८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो हप्ताका लागि सारेको हो । आगामी फागुन–२१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अचारसंहितालाई ध्यानमा राख्दै शिविरको मिति सार्नु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “बृहत स्वास्थ्य शिविरको लागि आवश्यक तयारी सुरु गरेका थियौँ । निर्वाचन आचारसंहिता लागू भएकाले ओम अस्पतालका चिकित्सक तथा सरोकारवालासँगको छलफलपछि शिविरको मिति सारिएको हो”, उहाँले भन्नुभयो, “नेपाल सरकारले तोकेको निर्वाचन सफल बनाउन हामी सबैको उत्तिकै दायित्व छ । निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको शि...

निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मा सहायक प्रजिअ र कोष नियन्त्रकलाई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १४ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृत तोकिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो । अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सञ्चारमाध्यमले गर्ने आचारसंहिता पालना गरे÷नगरेको विषयलाई नियमन गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । “आगामी निर्वाचन सफल बनाउन सबैको उत्तिकै दायित्व हुन्छ । यसमा जिल्लास्थित सबै राजनीतिक दलका नेताहरु प्रतिवद्ध रहनुभएको छ”, उहाँले भन्नुभयो, “कोही कसैले निर्वाचन आचारसंहिता उलङ्घन गरेको खण्डमा अनुगमन अधिकृतहरुले कारबाही गर्नुहुन्छ । निर्वाचन आयोग...

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारहरु मतदाता रिझाउन जनताको घरदैलो अभियानमा

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १४ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ जना नेता चुनावी प्रतिस्पर्धामा होमिएका छन् । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना नेताहरु उम्मेदवारी दर्ता गरेर आफ्नो जित सुनिश्चितताका लागि मतदाता रिझाउन जनताको घरदैलो अभियानमा खटिएका छन् । वि.सं. २०७९ सालको चुनावको मतपरिणाम हेर्दा खोटाङमा पुरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ राजनीतिक दलका उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएपनि जिल्लाको वर्तमान अवस्था त्यस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेससँगको बाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ निर्वाचित हुनुभएको थियो । विभिन्न पार्टी एकीकरणपछि बनेको न...

तीनपटक आवेदन आव्हान गरेर पु¥याइयो खोटाङका लागि आवश्यक निर्वाचन प्रहरी

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १३ माघ । आगामी फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा माग गरिएअसुसार निर्वाचन प्रहरी छानिएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिएका व्यक्तिको प्रारम्भिक परीक्षण, शारीरिक परीक्षण, लिखित र अन्तरवार्ता परीक्षा पश्चात माघ–१२ गतेको निर्णयअनुसार मङ्गलबार अन्तिम नतिजा प्रकाशन गरिएको हो । जिल्लाका लागि आवश्यक माग सङ्ख्याअनुसार एक हजार २८२ जना निर्वाचन प्रहरी छनोट हुँदा २०५ जना वैकल्पिकमा राखिएको निर्वाचन प्रहरी भर्ना छनोट उपसमिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ । निर्वाचन प्रहरीका लागि माग गरिएभन्दा कम युवाको आवेदन परेपछि माघ–९ गते पुनः तेस्रो पटक आवेदन खुलाइएको थियो । यही माघ–१० र ११ गते अन्तिमपटक आव्हान गरिएको आदेवनमा फाराम भर्नेको सङ्ख्या बढेपछि सबै परीक्षा पश्चात अन्तिममा २०५ जनालाई वैकल्पिकमा राखेर नतिजा प्रकाशन गरिएको जनाइएको छ । सुरुमा...

आमाको स्मृतिमा तीन विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १३ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका अधिवक्ता चण्डीराज राईले तीनवटा सामुदायिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा (ट्र्याक सुट) उपलब्ध गराउनुभएको छ । दिप्लुङस्थित छुप्लुङमा जन्मिएर हाल बेलायत (युके)मा कानून व्यवसाय गर्दै आउनुभएका अधिवक्ता राईले स्वर्गीय आमा आनन्दीमायाँ राईको स्मृतिमा आफ्नो गाउँमा सञ्चालित तीनवटा सामुदायिक विद्यालयमा अध्ययतरत विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनुभएको हो । अधिवक्ता राईले उपलब्ध गराउनुभएको न्यानो कपडा दिप्लुङस्थित भानु आधारभूत विद्यालय हलहलेका ६० जना, पृथ्वी आधारभूत विद्यालय बाबलका २१ जना र सिद्धेवरी आधारभूत विद्यालय केराकारीका १३ जना वितरण गरिएको स्थानीय जगत  किराती राईले जानकारी दिनुभएको छ । “जाडो याम सुरु भएको छ । सबै विद्यार्थीका लागि आफ्ना अभिभावकले न्यानो कपडा किनेर लगाइदिनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीको समस्...

हलेसी तुवाचुङका १३ जना महिलाको पाठेघर खस्ने समस्याको सफल शल्यक्रिया

#, कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १२ माघ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ जना महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा पाठेघर खस्ने समस्या पहिचान भएका २२ जना महिलामध्ये पहिलो चरणमा १८ जनालाई गाडी रिजर्भ गरेर शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको सफल शल्यक्रिया भएको हो । अस्पताल जाने÷आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी पाठेघर खसेका महिलालाई निःशुल्क उपचार गराउन सुविधायुक्त अस्पताल लगिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभएको छ । “पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो । अस्पताल लगिएकामध्ये १३ जना महिलाको सफल शल्यक्रिया भएको छ” उहाँले भन्नुभयो, “चार जनाले अस्पताल जान अस्वीकार गरेका छन् । अस्पताल लगिएकामध्ये दुई जनालाई रिङप्रेसरी राखेर...