Wednesday, September 16

कला/साहित्य

प्रथम राष्ट्रिय बाँस सम्मेलन : खोटाङलाई ‘बाँसको राजधानी’ बनाउन पहल गर्ने निर्णय

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ फागुन । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणा–पत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन १५ गते शुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ । खोटाङ घोषणा–पत्रमा बा...

प्रथम राष्ट्रिय बाँस सम्मेलन : बाँस उद्यमी तथा व्यवसायीहरु उत्साहित

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १६ फागुन । जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने बाँस सम्मेलनको औपचारिक उद्घाटन बिहीबार नेपाल सरकार, सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गर्नुभएको हो । दिक्तेलस्थित खाेटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । बाँस सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरु स्टलकाे रुपमा प्रदर्शनीमा राखिएको छ। सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकार लगायतगरी ५१ वटा स्टल राखिएकाे आयोजकले गरेको छ । यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङ लगायतको पनि व्यवस्था ग...

राष्ट्रिय बाँस सम्मेलनमा ‘बाँस दाई’ आकर्षण

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–१५, खोटाङको दिक्तेलबजारमा उद्घाटन भएको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”मा ‘बाँस दाई’ अर्थात भरिबहादुर पर्तेल आकर्षणको केन्द्र बनेका छन् । बाँसकै शीर–पाउ पहिरिएका म्याग्दी, दरवाङ गाउँपालिका–२ का पर्तेल सम्मेलन स्थलमा आकर्षण बनेका हुन् । बाँसबाट मानब जीवनमा आवश्यक सबै काम गर्न सम्भव रहेको कुरा स्थापित गर्न तथा बाँसको प्रबद्र्दन गर्न पर्तेलले बिगत ६ बर्षदेखि बाँसकै पहिरन लगाउँदै आउनुभएको छ । टोपी, कोट, सर्ट, हाप पाईण्ट, जुत्ता, मास्क, चस्माको कभर लगायत सबै बाँसकै पहिरन लगाएर सम्मेलनमा सहभागी बन्नुभएका ‘बाँस दाई’सँग फोटो खिच्न तथा कुरा गर्न होडबाजी चलेको छ । बिकट गाउँमा जन्मिएर हुर्कनुभएको उहाँले बाँसबाट निर्मित झोला, घुम, जुत्ता लगायतका समाग्री बोकेर हिँड्ने गर्नुभएको छ । बाँसको पहिरनमा हिँडडुल गर्न तथा खान–बस्न असहज हुने गरेको बाँस दाईले जनाउनुभयो । निरन्तर बाँसकै सीप गर्द...

राष्ट्रिय बाँस सम्मेलनका लागि दिक्तेलबजार उत्रन थाले टोलीहरु

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–१३,  खोटाङमा हुन गईरहेको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”का लागि बिभिन्न स्थानबाट बिज्ञ तथा सहभागीहरु कार्यक्रम स्थल दिक्तेलबजार पुग्न थालेका छन् । यही फागुन–१५ अर्थात बिहिबारदेखि सुरु हुने सम्मेलनका लागि काठमाण्डौं लगायतका बिभिन्न जिल्लाका टोलीहरु धमाधम दिक्तेलबजार उत्रन थालेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–बन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो क्रियसन ललितपुरको आयोजनामा सम्मेलन हुन लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी बाँस सम्मेलनको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत बाँस सम्मेलनको सम्पुर्ण तयारी पुरा हुँदै गर्दा पाहुनाहरु पनि दिक्तेलबजार उत्रन थालेको जनाईएको हो । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित तीन दिन...

सबैको ध्यान “राष्ट्रिय बाँस सम्मेलन–२०८१” तर्फ

#, कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–१२, यतिखेर खोटाङबासी लगायत बाँस क्षेत्रसँग सम्बन्ध र सरोकार राख्ने सबै पक्षको ध्यान “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”तर्फ केन्द्रीत भएको छ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही फागुन १५, १६ र १७ गते दिक्तेलबजारमा आयोजना गर्न लागेको ऐतिहासिक बाँस सम्मेलनतर्फ नगरबासी, जिल्लाबासी तथा देशभरका सम्बन्धित र सरोकारवाला पक्षको ध्यान खिचिएको हो । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राखी आयोजना गरिएको राष्ट्रिय बाँस सम्मेलनको तयारी करिब पूरा भईसकेको छ । सम्मेलनमा आमन्त्रित तथा सहभागी बिशिष्ट पाहुनाहरुलाई आवासको ब्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, मञ्च ब्यवस्थापन, स्टल ब्यस्थापन लगायतको कार्यको टुंगो लागिसकेको मेयर तीर्थराज भट्टराईले जनाउनुभयो । हालसम्म देशभरबाट ५२ वटा ...

प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
फागुन–११,   खोटाङमा ऐतिहासिक रुपमा आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित दिक्तेलबजारमा यही फागुन १५, १६ र १७ गते हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राख्दैे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बाँस सम्मेलनको अन्तिम तयारी धमाधम भईरहेको छ । बिशिष्ट पाहुनाहरुलाई आवासको ब्यवस्था, स्वास्थ्य सेवा, मञ्च ब्यवस्थापन, स्टल ब्यस्थापन लगायतको कार्य अन्तिममा पुगेको मेयर तीर्थराज भट्टराईले जनाउनुभयो । हालसम्म देशभरबाट ५२ वटा स्टल ल्याईने टुंगो लागेको छ । नगरपालिका मुख्य आयोजक रहेको सम्मेलनको आयोजक बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–बन तथा वातावरण मन्त्...

नेपाल बैङ्कले प्रदान ग¥यो ट्राफिक प्रहरीलाई ट्राफिक सामग्री

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ ७ फागुन । नेपाल बैङ्क लिमिटेड कोशी प्रादेशिक कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङलाई ट्राफिक सामग्री प्रदान गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित बैङ्कले दिक्तेल शाखा कार्यालयमार्फत रु ७५ हजार बराबरको ट्राफिक सामग्री ट्राफिक प्रहरीलाई प्रदान गरेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा मुख्य नाकाहरुमा राख्नेगरी दश थान गति सिमित बोर्ड, आठ थान सडक डिभाइडर र पाँच थान नो पार्किङ बोर्ड लगायतका सामग्री प्रदान गरिएको शाखा कार्यालय दिक्तेलका प्रमुख रामभुषण सिंहले जानकारी दिनुभयो । बैङ्कले उपलब्ध गराएको ट्राफिक सामग्री नेपाल बैङ्क लिमिटेड कोशी प्रादेशिक कार्यालयका प्रमुख सुर्यप्रकाश भट्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख ज्ञानेन्द्र कार्कीलाई हस्तान्तरण गर्नुभएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न बैङ्कले गरेको यो सहयोग जिल्लाका ल...

हलेसीका आगलागी पीडितका लागि एकैदिन रु ११ लाख पाँच हजार राहत सङ्कलन

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागी पीडितका लागि एकैदिनमा रु ११ लाख पाँच हजार राहत रकम सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, करारका कर्मचारी र शिक्षकबाट रु दश लाख तथा उद्योग वाणिज्य सङ्घ हलेसी शाखाले रु ५० हजार, खोटाङ प्राकृतिक विपद् व्यवस्थापन कोषले रु ४० हजार र सुदेवी कन्ट्रक्सन प्रा.लि. हलेसीले रु १५ हजार सहयोग उपलब्ध गराएको हो । हलेसी बजारका आगलागी पीडितका लागि जनप्रतिनिधि र स्थायी निजामती कर्मचारीको दुई÷दुई दिन तथा शिक्षक र करारका कर्मचारीको एक÷एक दिनको सेवासुविधा उपलब्ध गराइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । हलेसी बजारका आगलागी पीडितका लागि माछापुछ«े बैङ्क हलेसी शाखामा खाता खोलेर क्यूआरमार्फत समेत रकम जम्मा गर्न मिल्ने...

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रु सात करोड ३० लाख बढीको क्षति

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रु सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति शुरु भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालय लगायत जलेर नष्ट भएको हो । आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चलित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय लगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिनुभएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुईतले काठको घर गरी रु दुई करोड ५० लाख ब...

खाना पकाउने ग्याँसबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागी करिब साढे चार घण्टापछि नियन्त्रणमा लिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम रार्इृको घान्छा कोठाको ग्याँस सिलिन्डरबाट साँझ छ बजेतिर शुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायका टोलीले राति करिब ११ः०० बजे नियन्त्रणमा दिएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराछ राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति भएको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलोमात्रामा धनमाल लजेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । सुख्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगलागी नियन्त्रणमा लिन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आं...