प्रतिनिधिसभा निर्वाचन : बढ्यो चुनावी सरगर्मी, उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त
खोटाङ, २० माघ । नेपाली काँग्रेस खोटाङका उम्मेदवार वीरकाजी राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि एवम् पूर्वजिल्ला सचिव राईले काठमाडौँको चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको हो ।
उम्मेदवार राईको साथमा कोशी प्रदेशका महामन्त्री एवम् निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, जिल्ला उपसभापति एवम् हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख इवन राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ । काँग्रेस खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी कमाण्डर (नेता) तोकेर अभियान सुरु गरेको समाचार स्रोतले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उम्मेदवार देवबिक्रम राईले खोटेहाङ गाउँपालिकाको खोटाङबजारबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । एमाले खोटाङका अध्यक्षसमेत रहनुभएका राईल...
