परम्परागत संस्कृति धान्दै जोगी समुदायका युवा पुस्ता
–रामधन राई
खोटाङ, ३० कातिक । जोगी समुदायको ‘फेरी’ लगाउने परम्परागत संस्कृति हराउँदै गएको छ । अघिल्लो पुस्ताका जोगी पुर्खाहरूको निधन हुँदै गएपछि फेरी लगाउने चलन हराउँदै गएको हो । तर, खोटाङका केही युवा पुस्ताका जोगीले भने यस संस्कृतिलाई धानिरहेका छन् ।
दिप्रुङ चुइचुम्मा–४ बतासेका ३० वर्षीय नवराज जोगीले कातिक मसान्तमा मात्र फेरी लगाउने र सिधा उठाउने कार्य सम्पन्न गर्नुभयो । कातिककै ९ गते घरबाट हिँड्नुभएका नवराज ३० गते आइतबार मात्र घर फर्कनुभयो । यसबीचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, साकेला गाउँपालिका–१ बाँझेच्यान्डाँडा लगायतका गाउँहरूमा राति–राति फेरी लगाउँदै र दिनमा सिधा उठाउँदै हिँडेको उहाँले जानकारी दिनुभएको छ ।
यो बेला भैरुङ कुल देवता थानमा राखिएको बराँठ बाजालाई पूजा आराधना गरेर फेरी लगाउन सुरु गरिने उहाँले बताउनुभयो । घरवालाको रक्षा होस्, चिताएको पुगोस्, भूत पिसाचले ...
