बुबाआमा टुङ्गो नभएका ईन्द्रबहादुरले ३६ वर्षको उमेरमा नागरिकता पाएपछि…
खोटाङ, १८ वैशाख । “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय ईन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु । त्यसपछि उनीहरुको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति आभारी छु ।”
बुबाआमा दुवै पत्ता नलागेका ईन्द्रबहादुरले बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल नागरिकता ऐन २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ बमोजिम (अन्य तरिकाबाट हुर्किएका व्यक्तिलाई बंशजको आधारमा दिइने नागरिकता) बुबाआमाको नाम उल्लेख गर्ने महल (ठाउँ) खाली राखेको नागरिकता प्राप्त गर्नुभएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चक्र राई (बेलायती सेनाका...
